सोमबार
२४ चैत
२०७६

गाँजा खुलाउनु पहिले गाँजालाई गैरअपराधीकरण गरौं !

शुक्रबार फाल्गुण ३०, २०७६/ Friday 03-13-20

नेपालमा गाँजा, भाङ र धतुरो आदि लागूभागूलाई ‘शिवजीको बुटी’ मानिएको छ। हाम्रो वेदहरूमा गाँजालाई खुसी प्रदायक वा मुक्तिदाता भनिएको छ। नेपालमा गाँजा कहिलेबाट प्रयोग गरियो एकिन प्रमाण छैन, तर पनि पहिलेका बुढापाकाहरूले शारीरिक पीडा कम गर्न र अनिद्रा भगाउन गाँजाको प्रयोग गर्थे। भजनकीर्तन तथा चाडपर्व मनाउनुका साथै घरपालुवा जनावरहरूको उपचार गर्न पनि गाँजाको प्रयोग गरिन्थ्यो। घरमा आउने जोगीहरू वा साधूहरूलाई गाँजा दिएर खुसी बनाइन्थ्यो। हिन्दु धर्ममा गाँजाको प्रयोग महत्त्वपूर्ण मानिन्छ। नेपाल र भारतमा मनाइने फागु वा होली पर्वमा भाङ खाने चलन छ । भाङको लड्डू वा भाङको सर्बत यसबेलाका प्रिय खानेकुरा हुन्। भाङलाई गाँजाको पुलिङ्गी बिरूवा भनिन्छ। गाँजाको जसरी व्याख्या गरिए पनि हिन्दु धर्ममा गाँजालाई शिवको प्रसाद मानिन्छ। शिवरात्रिमा भगवान् शिवको आराधना पछि उनको आशीर्वाद प्राप्त गर्न र पाप मोचन गर्न गाँजा खाने चलन रहेको छ । हाम्रो धर्मले गाँजालाई मान्यता दिए पनि, हाम्रो समाजले भने गाँजा र गाँजाजन्य वस्तु वा पदार्थको प्रयोगलाई अपराधीकरण गरेको छ। समाजमा गाँजाबारे यस्तो नकारात्मक छाप पर्नुको पछाडि राज्य संयन्त्र जिम्मेवार छ। राज्यले अंगालेको नीति र अन्तर्राष्ट्रिय रुपमा मानिँदै आएको कानुन जिम्मेवार छ। हामीले हजारौं बर्षदेखि पुज्दै र मान्दै आएको वेद पुराणमा गाँजाको महत्त्व र प्रयोगबारे स्पष्ट लेखिएको हुँदाहुँदै पनि हामीले खुला रुपमा गाँजाको बहस गर्नसमेत हिचकिचाउन पर्ने अवस्था छ। हाम्रो मानसपटलमा गाँजाबारे परेको भ्रमभन्दा गाँजाको प्रयोग न्यून हानिकारक छ।


त्यसो त नयाँ–नयाँ वैज्ञानिक अनुसन्धानको नतिजाले आज गाँजाप्रति विश्वबजारको दृष्टिकोण सम्पूर्ण रुपमै बदलिइसकेको छ। अमेरिका, जर्मनी, बेलायत, स्वीट्जरल्यान्ड, इटाली, मेक्सिको, इजरायल, क्यानडा, जमैका, थाइल्यान्ड, उरुग्वे, पेरु, स्पेन, दक्षिण अफ्रिका, नेदरल्यान्डलगायत ३० भन्दा बढी देशमा यो कानुनी रुपमै उत्पादन र कारोबार हुन थालेको छ। छिमेकी राष्ट्र भारतमा समेत गाँजाबाट आयुर्वेदिक औषधी बनाउन थालिएको छ।

नेपालमा पनि गाँजा खेती खुलाउन राष्ट्रिय स्तरमा बहस चलिरहेको छ, संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक दर्ता भएको छ। नेकपाका सांसद शेरबहादुर तामाङले संघीय संसदमा र माननीय सांसद श्री केशव स्थापितले प्रदेश संसदमा गाँजा सम्बन्धि विधेयक दर्ता गरेसँगै राष्ट्रिय रुपमा चर्चा थालनी भएको छ। गाँजा खुला गर्नुपर्ने माग राख्दै सामाजिक सञ्जाल र विभिन्न मिडियामा जानकारहरु आफ्नो बिचार सम्प्रेषण गर्दै हुनुन्छ। यससँगै गाँजा खुलाउन नहुने मतहरु पनि आइरहेछन्। एकातिर गाँजा खुलाउन पर्ने तर्क र अर्कोतिरबाट खुलाउन नहुने तर्कहरु बाझिन थालेको पनि देखिन्छ। जनप्रतिनिधि स्तरबाटै गाँजा खुलाउने विधेयक दर्ता हुँदा राष्ट्रिय बहस बनेको छ।

गाँजाबारे सकारात्मक वा नकारात्मक जुन स्तरको बहस चलेपनि गाँजाको आफ्नै महतब र उपयोगिताहरु छन्। नेपालमा गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा राखिएको छ। रक्सी र सुर्तीलाई भने अम्मलअन्तर्गत राखि खुला बिक्री वितरणका लागि अनुमति दिइएको छ। अनुसन्धानबाट रक्सी र सुर्तीभन्दा गाँजा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ।

इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सका अनुसार आनन्दका लागि सुर्ती खाने सिकारुमा ३२ प्रतिशत सुर्तीको अम्मली बनेको भेटियो। रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो भने गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजाको वास्तविक अम्मली बन्ने गरेको पाइयो।

अन्य अनुसन्धानमा सुर्ती वा रक्सीको ओभर डोज भएर मानिस मरेको भेटिए तापनि गाँजा सेवनको ओभर डोजका कारण मरेको कुनै रेकर्ड भेटिएन। बरु उल्टै गाँजाको प्रतिबन्ध लगाउँदा वास्तविक तथ्यका आधारमा भन्दा भावनात्मक प्रभावमा बहेर यसको असरबारे निकै बढाइचढाइ गरिएको यथार्थ बाहिरियो। अनुसन्धानले गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सुर्ती र रक्सी लगायतका अन्य अम्मलको भन्दा अत्यन्त न्यून रहेको समेत प्रमाणित गरिदियो। गाँजा प्रयोगकर्ताले मानिस रक्सीका अम्मलीजस्तोे सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको समेत खासै भेटिएन।

नेपालको आधाजसो जनसंख्याले आफ्नो जीवनकालमा कम्तीमा एकपटक गाँजा वा भाङ चाखेको एक प्रक्षेपण छ। ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र चरेस सबैलाई लागुऔषध किटान गरिएकाले त्यस अनुसार पाका उमेरका आधाजसो नेपाली गम्भीर अपराधमा सहभागी बनेको करार गर्छ। प्राविधिक रुपमा मिहिनेती र उत्पादनशील पचासौँ लाख जनशक्ति जघन्य अपराधमा संलग्न रहेका, शिवरात्रिलगायतका चाडबाड र साधुकरणका नाममा जघन्य अपराधलाई संस्थागत संरक्षण दिइने राज्य बनाइरहेको छ, कानुनले।

उसो त गाँजा सेवनलाई कानुनी रुपमा जघन्य अपराध करार गरिएको नेपालका मताधिकारप्राप्त बहुसंख्यक जनता गाँजा सेवन जघन्य अपराध रहेको विश्वासै गर्दैनन् । मान्न पनि तयार छैनन् । गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासको विरुद्धमा छ । प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास गरिरहेको छ ।

संस्कृतमा एउटा भनाइ छ “अति सर्वत्र वर्जयेत्” अर्थात् जहाँ पनि अति गर्नु हुन्न। गाँजा प्रयोगका विषयमा पनि यही नियम लागू हुन्छ। निर्धारित वा अल्पमात्राको गाँजाले स्वास्थ्यमा सकारात्मक असर पार्छ भने मात्रा बढ्दा त्यसले हानी पुऱ्याउँछ। तसार्थ हामीले गाँजा प्रयोग गर्ने तरिकामा सबैकुरा निहित हुन्छ। राष्ट्रिय स्तरमा चल्दै गरेको गाँजा फुकुवा सम्बन्धि बहसले सार्थकता तब मात्र पाउँछ , जब हामि यस अभियानमा लागेका अभियान्ता र राज्यबाटै गाँजाको गैरअपराधीकरण गर्ने बहसको सुरुवात हुन्छ।

१, गाँजाबारे राष्ट्रिय स्तरमा बहस चल्दैगर्दा गाँजाको गैरअपराधीकरण हुन नितान्त आवश्यक

 गैर अपराधीकरण भनेको के हो ?

कुनै पनि चिजलाई सामाजिक परम्परा वा कानुन अनुसार स्वीकार युक्त नरहेको करार गरी नियन्त्रण गर्नु अथवा कुनै निश्चित कार्यलाई अपराध करार गरी कारबाहीको प्रक्रियामा लानुलाई अपराधी करण भनेर बुझौँ। यदि उक्त कुरा वास्तवमा सही छैन भने समाजमा जनचेतना जगाएर परम्परागत सामाजिक विश्वासको क्रमभंगता गर्नु पर्छ। कानुन मै उक्त कुरा आपराधिक भनी उल्लेख गरिएको छ भने त्यसलाई राजनैतिक मुद्दा बनाएर समाजबाट अनुमोदन गरी जन(प्रतिनिधि मार्फत संसद् बाट कानुन परिवर्तन र आवश्यक व्यवहारिक प्रक्रिया पुरागरी लागु गरिनु पर्छ। जसलाई गैर(अपराधिकरण वा डि(क्रिमिनलाइजेसन गरौँ भनिएको हो।
 
उल्लेखित गैरअपराधीकरणको परिभाषालाई गाँजा वैधानिकता गर्नुभन्दा अगाडि बुझ्न र बुझाउन अपरिहार्य छ। गाँजाको बहस चल्दैगर्दा हामी सजिलैसँग अमेरिका, क्यानडा, नेदरल्याण्ड लगाएतको मुलुकले गाँजा फुकुवाबाट हासिल गरेको सम्पन्नताको कुरा उठाउँछौं। विद्वानहरु गाँजा फुकुवा हुनासाथ तुरुन्तै समृद्धि हासिल हुने तर्क गर्दैछन्, हाम्रा माननीयज्यूहरु आज गाँजा फुकुवा भयो भोलिबाटै समृद्धि आउँछ भन्दै हुनुन्छ। यसरी यो विधेयक पारित भयो भनेपनि यसको के अर्थ रहन्छ। नेपालमा गाँजा आधिकारिक रुपमा वैधानिक तबमात्र हुन्छ जब गाँजाको पूर्णतया डिक्रिमिनलाइजेसन हुन्छ। जब आम मानसपटलमा गाँजाबारे सकारात्मक धारणा आउँछ तब गाँजा खुला गर्नुको औचित्य पुर्ण हुन्छ। हामी बारम्बार क्यानडाको सम्पन्नताको उदाहरण दिन्छौं तर क्यानडाले कसरी गाँजाको डिक्रिमिनलाइजेसन गरेर यो सफलता हासिल गर्यो भनि अध्यायन गर्दैनौं।

क्यानेडिएन समाज पनि नेपाली समाज जस्तै भावना बोकेको र यहाँको राजनीति पार्टी भ्रष्टाचारमा शून्य सहनशीलताको अवधारणा बोक्ने हुँदा आर्थिक लाभका कारण नभई अन्य सामाजिक संवेदन शीलता र उत्थानका जरुरतका गहन मुद्दाका कारण यहाँ गाँजाको डिक्रिमिनलाइजेसन अभियान सफल भएको हो। गाँजा डिक्रिमिनलाइजेसन अभियान सफल बन्नुको परिणाममा यो मुलुकमा गाँजा वैधानिक बनेको हो। गाँजाको खेती र प्रशोधन लगायतका गतिविधिका कारणबाट ठूलो धनराशि कमाउने समेत अवसर जुरेको हो।

वास्तवमा क्यानडाले मुख्य दुई उद्देश्यले गाँजा लाई वैध बनाउने निश्चय लिईएको  हो। पहिलो गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने। दोस्रो युवा अवस्थाका किशोर किशोरीहरुमा यसको उपलब्धता वा पहुँच घटाएर शून्य प्रायः बनाउने। मतलब, औषधिको प्रयोजन बाहेक मनोरञ्जन वा नशाको रूपमा युवा अवस्थाका किशोर किशोरीहरूको उपलब्धता वा पहुँच पूर्ण नियन्त्रण गर्ने।

क्यानडामा हाल नेपालमा हुने जस्तै शिवरात्रि जस्ता चाडबाड र घरेलु रूपमा गाँजा सेवन सामान्य नै थियो। तर कानुन बाट भने वर्जित। तपाई गाँजा खाएको भेटिनु भयो भने तपाइको क्रिमिनल रेकर्ड रहने गर्थ्यो। तपाई समाजमा कामकाजी बन्नको लागि जरुरी हुने कारोबार गर्न, राम्रो तहको जागिरमा रहन, बैङ्कको कर्जा आदि पाउन सबैमा अवरोध आउने हुँदा भविष्य नै अन्धकार बन्ने अवस्था थियो।

क्यानडाका हालका प्रधानमन्त्री जस्टिन ट्रुडो यहाँका पहिलेका निकै प्रख्यात  प्रधानमन्त्री पियरे ट्रुडोका छोरा हुन। जस्टिनले बताए अनुसार उनका भाइ माइकल ट्रुडो लुकी छिपी गाँजा खान्थे। एक पटक उनी गाँजा सहित पक्डिएकाले उनको पुलिस रिपोर्ट बिग्रन नदिन उनका पिताले आफ्नो सम्पर्क र पहिचानको उपयोग गरी उनका भाइको पुलिस रिपोर्टमा अपराधीको रूपमा नाम उल्लेख गर्न बाट बचाएका थिए। १९९८ को नोभेम्बरमा उनी स्की खेल्न जाँदा त्यतै हराए। स्की खेल्दै गर्दा कतै बाटो बिराएर हिउँ कुवा वा एभेलेंचमा कतै कहिल्यै नभेटिने गरी स्वर्गरोहण भएको अनुमान गरिन्छ। उनी कहिल्यै भेटिएनन।

जस्टिन ट्रुडो आफू प्रधानमन्त्री हुने दौडमा होमिँदै गर्दा उनले आफु क्यानडामा गाँजाको गैरअपराधिकरण गरिनुपर्ने पक्षमा रहेको घोषणा गरे। चुनाव जितेपछि उनी प्रधानमन्त्री बने। गाँजाको गैरअपराध करण किन जरुरी छ भन्ने सन्दर्भमा उनले आफ्नो भाइको कथा सार्वजनिक गर्दै भने, परम्परागत रूपमा क्यानडामा सर्वत्र पाइने र सेवन गरिने गाँजा सेवन गरेको मात्र आधारमा क्यानडाका धेरै युवाहरू पुलिस रेकर्डमा अपराधी करार गरिएकाले आफ्नो सुन्दर भविष्य निर्माण गर्नबाट वञ्चित हुनु परेको छ। उनीहरूसँग मेरो भाइसँग भएको जस्तो पहुँचवाला पिताजी थिएनन्।

सामाजिक कार्यहरुमा मात्र एक दुई चिलिम गाँजा, त्यो पनि कतिपयले त औषधिको रूपमा खान पर्ने भएर खाएको आधारमा, उक्त समयमा पुलिसले भेटेकोले उनीहरू अपराधी करार हुनु सामाजिक न्यायविरुद्ध छ। उनको यो कथाले धेरै क्यानेडियनमा सामाजिक मान्यता परिवर्तन गराउन प्रेरित गर्‍यो। 

वैधानिक बनाउने भनेको कुनै कुरालाई कानुनको दायरामा ल्याउनु भनेको हो । जस्तै महिलाबाट पुरुष बलात्कृत भएको घटना अदालतमा दर्ता भएको कुनै घटना नै छैन र सोबारे कानुन नै बनेको छैन तर महिलाले पुरुषको मनोवैज्ञानिक वा शारीरिक शोषण वा बलात्कार गरेको घटना देखियो र पीडितहरूलाई न्यायको जरुरत पर्यो भने त्यसलाई कानुनको दायरामा ल्याउनु पर्यो । त्यसपछि अपराधी कानुनको घेरामा आउँछ । तर छुवाछूत जस्ता कुरीति हटाउन भने छुवाछूत र विभेद निषेध गर्ने कानुन बनाउने र सामाजिक मान्यता र विश्वास दिलाउने दुवै पक्षमा एकैसाथ सुरु गर्नुपर्ने हुन्छ । सबै मानिस बिनाभेदभाव मन्दिरमा जान, पूजा गर्न र मनलाई शान्त पार्न पाउने कानुन बन्नु र व्यवहारमै लागू हुनु गैरअपराधीकरण हो ।  

 वास्तवमा गाँजा, चरेस वैधानिक भएका मुलुकमा ओपोइडको ओभर डोजका कारण हुने मृत्यु र ओपोइड प्रयोगका कारण अस्पतालमा आउने बिरामीको संख्यामा २५ प्रतिशतले कमी आएको उत्साहजनक तथ्यांक छ । यसबाहेक राज्यलाई सयौँ मिलियन डलर करस्वरुप प्रत्येक वर्ष प्राप्त भएकाले उक्त रकम शिक्षा, स्वास्थ्य र जोखिमपूर्ण लागुपदार्थको समुचित नियन्त्रण र विकृतिको उपचारमा सहयोग पुगेको छ ।

लागुऔषधका रुपमा नेपालमा लोकप्रिय रहेका पदार्थमा गाँजा, चरेस र भाङ, अफिमका प्राकृतिक तथा कृत्रिम उत्पादन हिरोइन, ब्राउन सुगर, कोडिन, कोकिन आदि, निद्रा लगाउने तथा लट्ठ पार्ने बेन्जोडायाजेपिन, नाइट्रोजिपाम, डायाजिपामस आदि, उत्तेजक औषधि सिउडो इफेन्ड्रिन कफसिरप, मेथेम्फेटामिन कफसिरप आदि हुन् । आज शारीरिक दर्द कम गर्न र आनन्द लिने लोभमा हेरोइन, फेन्टानाएल, कोडिन, मर्फिन, अक्सिकोटिन, भिकोटिन आदि वास्तवमै हानिकारक ओपोइड लागुऔषधको ओभरडोजको कारण धेरै मानिस मृत्युको शिकार बनिरहेका छन् । अनुसन्धानबाट प्राप्त वैज्ञानिक तथ्यले गाँजा ओपोइडजस्ता खतरानाक लागुपदार्थ, ड्रग, हेरोइन, कोकिन, रक्सी आदिको हानिकारक आदत छुटाउन दरिलो बाटो हुने स्पष्ट पारेको छ ।

नेपालको कानुनमा तोकेअनुसार २५ बोटसम्म गाँजाको लगाएको वा खेती गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुनेछ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने भनिएको छ । अनि ५० ग्रामसम्म गाँजा राखेको भेटिएमा तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

२, नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध लगाउनुको कारण र यसबाट परेको असर 

कुनैबेला नेपालको गाँजा अन्तर्राष्ट्रिय स्तरमै अत्यधिक खपत भएको थियो। यहाँको गाँजामा राम्रो गुण भएकाले विश्वभरि हल्ला चलेको थियो। नेपालमा गाँजाको खपत बढ्नुको कारण हिप्पी थिए। सामान्यतया अराजक देखिने उनीहरू लामो कपाल र असामान्य पहिरनले चिनिन्थे। उनीहरू युरोप र अमेरिकाबाट नेपाल आउने गर्थे। हिप्पीहरू आफ्नो समाजको परम्परागत मूल्य स्वीकार गरेनन् र चित्रकला, संगीत लगायतका कलालाई जीवन बनाएर नेपाल लगायतमा देशमा आएर नशामा लठ्ठिन थाले। तीमध्ये धेरै लागूऔषधका अम्मली हुन्थे। नेपालको गाँजाले उनीहरूको तलतल मेट्थ्यो। 

 भनिन्छ, नेपालमा गाँजा प्रतिबन्ध लाग्नुमा हिप्पीको भूमिका पनि महत्वपूर्ण रह्यो। युरोपियन र अमेरिकी देशहरूले आफ्ना देशका युवाहरू लागुऔषधमा लठ्ठिएर घुमिरहेको देख्न सकेन। र, विश्वमै लागुऔषधविरुद्ध अभियान सञ्चालन गरे। नेपाल विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा बाधिएको कारण उनीहरूको अभियानलाई साथ दियो। फलस्वरुप नेपालमा गाँजा उत्पादनमाथि रोक लगाउन थालियो।

अन्तर्राष्ट्रिय दबावकै कारण नेपालले संयुक्त राष्ट्रसङ्घको ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग, १९६१’ मा हस्ताक्षर गरेको थियो । राष्ट्रसङ्घको ‘नार्कोटिक्स कन्ट्रोल बोर्डले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागू औषधको दर्जामा राखेका कारण नेपालले पनि सोही मान्यतालाई मान्दै ‘लागू औषध नियन्त्रण ऐन, २०३३’ जारी गरी मुलुकभरि प्रतिबन्ध लगायो । उक्त प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ गैरकानुनी छन् ।

नार्कोटिक्स कन्ट्रोल बोर्डको जोखिमपूर्ण लागू औषधको दर्जामा रहेका उच्च जोखिमपूर्ण लागू औषध प्रतिबन्ध गर्न नार्कोटिक्स महासन्धिमा नेपालले गरेको हस्ताक्षर भनेको कानुन हैन मात्र प्रतिबद्धता हो । उक्त प्रतिबद्धता लागू गर्न ‘लागू औषध नियन्त्रण ऐन, २०३३ जारी भएपछि मात्र नेपालभर गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैर कानुनी बनाइएका हुन् ।

नार्कोटिक्स महासन्धि अनुसार नेपालले औषधिको प्रयोजनका लागि लागू औषधलाई सरकारले तोकेको मापदण्ड अनुरूप नियन्त्रित तरिकाले खेती र प्रशोधन गरी औषधि बनाउन पाइने, अनुसन्धान गर्न पाइने र अयुर्वेधिक औषधिमा प्रयोग गरी डाक्टरको सिफारिसमा बिरामीले खान पाउने गरी अन्य देशले जस्तै लागू औषध नियन्त्रण ऐन, २०३३ जारी गरेको भए हुन्थ्यो । तर त्यति बेला राज्य कठोर हुँदै चाहिने भन्दा कठोर नियम लादेकाले हालको अवस्था आएको हो । अब त्यसलाई नेपालको सांसदले सच्याउनुपर्ने भएको हो ।  

ऐन आएपछि औषधिको रुपमा पनि गाँजा प्रयोग गर्न नहुने भनियो। त्यसपछि नेपालमा गाँजाले विदेशी मुद्रा तान्न छोड्यो। नेपालले पनि संयुक्त राष्ट्र सङ्घ र अमेरिकाको दबाबमा मुक्त रूपमा प्रयोग हुँदै आएको गाँजामा प्रतिबन्ध लगायो। कतिपय अनुसन्धानकर्ताहरूले त चुरोट र रक्सीका ठूल्ठूला उद्योगपतिहरूको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाइएको भनेका छन्। किनकि गाँजा चुरोट र रक्सीको बजारका लागि ठूलो चुनौती बनेर देखा पऱ्यो। एक त औषधीय रूपमै प्रयोग गरेर चुरोट र रक्सीबाट मानिसहरूलाई जोगाउन सकिने भयो, अर्को गाँजाको लत लागेपछि मानिसहरूले रक्सी र चुरोट त प्रयोग गर्ने भएनन्। आफ्नो बजार सुक्ने अवस्था देखेपछि तिनले सरकारहरूलाई प्रत्यक्ष, अप्रत्यक्ष, देशी, विदेशी दबाब दिन थाले। सरकारहरूले पनि ती उद्योगहरूबाट आउने राजस्व गुमाउन चाहेन। यस्तै प्रभावमा गाँजालाई नार्कोटिक ड्रगको श्रेणीमा राख्‍न र प्रतिबन्ध लगाउन कैयन् अन्तर्राष्ट्रिय सन्धि(सम्झौताहरू पनि भएका छन्। नेपालले पनि सो सम्बन्धी सन्धिमा हस्ताक्षर गरेको छ। बेलाबेला फलानो ठाउँमा प्रहरीले अवैध गाँजा खेती नष्ट गऱ्यो भन्ने किसिमका समाचारहरू सञ्चार माध्यममा आइरहन्छन्।

३, हालसालै संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ को आर्थिक र सामाजिक पक्षको संक्षिप्त चर्चा 

नेपालमा भर्खरै चोर बाटो समातेर केन्द्रीय र प्रदेशको संसद्मा गाँजा खेती गरी मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने, बिदेसिएका युवालाई समेत स्वदेश फर्काउन सकिने भन्दै बिधेयेक दर्ता गर्ने लहर चलाइएको छ। गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न गाँजा खेती व्यवस्थापन ऎन २०७६ को केन्द्रीय संसद्मा प्रस्ताव दर्ता बनिसकेको छ।

क्यानडामा गाँजाको डिक्रिमिनलाइज गर्नको लागि भएको लबिङ पढ्दा, औषधि र खाने ईडिबलमा हाली मनोरञ्जन प्रदायक अम्मल र खाद्य तथा पेयमा हालि खाने नियम, विनियम बनाउने र लागु गर्ने चरण सम्मका गतिविधिहरू पढेको अनुभवका आधारमा यकिनका साथ भन्न सकिन्छ कि नेपालको गाँजा खेती व्यवस्थापन ऎन २०७६ निकै राम्रो नियत बस आएको होला तर यसले कार्यगत रूपमा नेपालमा निकट भविष्यमै निकै ठूलो खाडल र अप्ठ्याराहरू जन्माउने छ। यो ऎन जस्ताको तस्तै पास हुने हो भने लागु हुने समयमा सरकार जसरी विषादी नियन्त्रणको कार्यान्वयनमा चिप्लिएको थियो त्यही हबिगतमा पुग्नेछ।
गाँजा खेतीबाट मुलुकलाई जस्तोसुकै आर्थिक फाइदा पुग्ने किन नहोस् गाँजा एक उच्च आर्थिक जोखिम रहेको सामाजिक विकृति जन्माउन सहायक बन्न सक्ने लागु पदार्थ नै हो। उच्च आर्थिक जोखिम रहेको सामाजिक विकृति लाई संस्थागत गर्ने चुनौती रहेका गाँजा जस्ता पदार्थलाई जबसम्म बच्चाको हातसम्म पुग्नबाट रोक्ने, मानव स्वस्थको प्रयोजनमा गाँजा उपयोग गर्ने, पूर्ण नियन्त्रित तथा समयोचित वितरण प्रणाली लागु गर्ने, मनोरञ्जनात्मक गतिविधि उच्च नियन्त्रित माहौलमा मात्र हुन दिने, कालोबजारी रोक्ने, कालो बजारको तस्करको हातको व्यवसाय कानुनी संयन्त्रमा ल्याई तस्करी रोक्ने, तस्करी हुने रकम सरकारी राजस्वमा पुर्याउने, मानव अधिकार र मानवताको रक्षा गर्ने जस्ता मूल नियतमा राख्न सकिन्न तब त्यो कार्यान्वयनको चरणमा सफल हुन सक्दैन।

संसदमा हालै टेबल गरिएको नेपालको गाँजा खेती व्यवस्थापन ऎन २०७६ लाई गहिरिएर अध्ययन गर्दा, पहिलो त यो कुनै एक बोर्ड अन्तर्गत लागु गरिने कल्पना गरिएको छ। त्यस्तो बोर्ड जतिसुकै अधिकार सम्पन्न बने पनि जरुरी पर्दा अपराधीलाई छानबिनका लागि नियन्त्रणमा लिन, पर्दा जेलसम्म पठाउन सक्ने गरी कारबाही गर्ने हैसियत रहन्न। कारबाही गर्ने हैसियत दिइएमा राज्यमा हाल सक्रिय रहेको प्रहरी संयन्त्रको त्यो अर्को समानान्तर अङ्ग हुनेछ। एकातर्फ हामी किसानलाई गाँजा खेती गर्न दिने आशय यसको छ तर अर्को तर्फ उक्त किसानबीचको दलाल बिना बिक्रीमा सहभागी हुन अवस्था छैन। यो ऐनमा खेति गर्न मात्र दिइने भनिएको छ, कहाँ प्रशोधन गर्ने, कसको प्रशोधन गर्ने, उत्पादन भएको बालि कता लगेर बेच्ने, बजारको व्यवस्था गरेको छैन र खरिदकर्ता को हुने जस्ता कुराहरु प्रष्ट खुलाएको देखिदैन। सिधा अर्थमा बुझ्दा यो ऐनले दलाललाई प्रोत्साहन गरेको अनुभूती हुन्छ। उत्पादनको मूल आम्दानीको श्रोत हुने प्रशोधन, अनुसन्धान र औषधीय फर्मुला बनाउनेतर्फ सम्पूर्ण रूपमा निराश छ। निकै कन्जुसीका साथ प्रशोधन र भेलु एड उधमका बारे यसरी बोलिएको छ कि त्यो मात्र देखाउने दाँत हुन् चपाउने अर्कै छ कि भन्ने प्रतीत हुन्छ।

४, गाँजाको उपयोगीता, प्रतिबन्ध हटाउने विधि र यसबाट अर्थतन्त्रमा पर्ने प्रभाव 

सन् १९६० मा अमेरिकामा गरिएको अध्ययनअनुसार करीब ४ बिगाहामा लगाइएको गाँजाको बोटबाट २० वर्षसम्ममा उक्त क्षेत्रमा रोपिएको रूखबाट प्राप्त हुनेभन्दा ४ देखि १० गुणासम्म बढी कागज उत्पादन गर्न सकिन्छ । त्यसैगरी, सन् २०१५ मा गरिएको एक अध्ययनबमोजिम गाँजाबाट प्रतिहेक्टर करीब डेढ बिगाहा २ सय ७ ग्यालनबराबर जैविक इन्धन उत्पादन हुने देखिएको छ । यो भटमासको भन्दा ४ गुणा बढी र सूर्यमुखीको भन्दा २ दशमलव ५ गुणा बढी हो । औषधीय गुणले भरिएको गाँजा तनाव, चिन्ता र नैराश्यदेखि पागलपनसम्मको मानसिक रोगको घरेलु तथा अचुक आयुर्वेदिक औषधि हो । मूर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपच, क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने विभिन्न वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । गाँजाको बोटबाट विभिन्न औषधि, तेल, उच्चस्तरीय धागो, कागज, उच्च गुणस्तरको कार्डबोर्ड र प्लाइबोर्ड निर्माण गर्न सकिन्छ । यसैगरी, जैविक इन्धन, जनावरका लागि उच्च प्रोटिनयुक्त दानालगायत ५० भन्दा बढी बहुउपयोगी वस्तुको औद्योगिक तथा व्यावसायिक उत्पादन गाँजाबाट हुन सक्छ ।

विशेषगरी क्यान्सरका बिरामीलाई गाँजामा हुने क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि दिने गरिन्छ । क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामीलाई यस्तो औषधि प्रयोग गर्दा उनीहरूको शरीर लठ्ठ पर्ने हुँदा क्यान्सरका कारण हुने दुखाइ कम गर्न यस्तो औषधि प्रयोग गर्ने गरिन्छ । क्यानाबिनोइड तत्वबाट बनेको औषधि प्रयोग गर्नाले खुशी अनुभव गराउने, आनन्द अनुभूति गराउने, तनाव घटाउने, निन्द्रा लगाउने, भोक लगाउने हुँदा यस्तो औषधि बिरामीलाई दिने गरिन्छ । गाउँघरतिर अझै पनि चौपाया पशुलाई अजीर्ण भएमा वा कोही मानिसलाई खानाका कारण पेटमा समस्या देखिएमा पनि गाँजा खुवाउने गरिन्छ । यस्तै गाँजामा पाइने तत्त्वहरूबाट विकसित मुलुकमा अतिमहँगा औषधि बनिरहेका छन् । औषधिको रूपमा प्रयोग हुने गाँजामा पाइने तत्त्वहरू सीबीडी ए, सीबीसी, सीबीसी ए, सीबीजी र सीबीजी ए हुन् । यी तत्त्वलाई उचित प्रशोधन गरी औषधि बनाउन सकिन्छ । यसको दुरुपयोगभन्दा सदुपयोग गरी प्रशोधन गरी उच्चस्तरीय र गुणस्तरीय औषधि उत्पादन गर्न सकिन्छ ।

यसैगरी अन्य विभिन्न रोगको उपचार र अत्यन्तै आवश्यक बस्तुहरु उत्पादन गर्नको लागि गाँजाको प्रयोग हुन्छ, यसबारे थप अनुसन्धानहरु हुँदै पनि छन्। तसर्थ नेपालमा पुनः गाँजा फुकाउनका निम्ति नेपालले गाँजालाई गैरअपराधीकरण गरिसके पछि नेपालले वैधानिक रूपमा आफ्नो कानुन संशोधन गरी अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट गाँजाजन्य कारोबारका लागि छुटकारा लिने निर्णयमा पुगेको जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ । नार्कोटिक्स सन्धिमा हस्ताक्षर गरेका तर हाल गाँजाको वैधानिक उत्पादन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो पछ्याउँदै नेपालले पनि गाँजा खेती र बिक्री वितरणलाई अपराधीकरण गरिने कानुन सच्चाउन र नियन्त्रित बिक्री वितरण तत्काल खुला गर्नेतर्फ कदम चाल्नु जरुरी छ। यति गरेपछि मात्र नेपाल गाँजा खेतीबाट मनग्ये आम्दानीको श्रोत बनाउन सफल मुलुक बन्नेछ। गाँजालाई गैरअपराधीकरण गर्न सकेमा ३ करोड नेपालीको ध्यानाकर्षण हुनेछ, गाँजाखेति तिर सबैको चाख बड्नेछ।

कानुनी प्रतिबन्धका बाबजूद पनि नेपालको दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रूपन्देही, नवलपरासी, चितवन, सुर्खेत लगायतका जिल्लामा व्यावसायिक रुपमै गाँजा खेती हुँदै आएको छ ।

दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा उत्पादन हुने गरेको तथ्य भेटिएको छ । नेपाली कृषकले गाँजा खेती गर्न बीउ, मल र पैसा पेस्कीसमेत पाउने गरेका छन् । नेपालमा हुने गाँजा र चरेसमा भारतीय नागरिकको समेत लगानी भेटिन्छ ।

सन् २०१७ मा मात्र ७।७ बिलियन यूएस डलर कारोबार हुँदै गरेको विश्वको गाँजा कारोबार औसत वृद्धि ३७ प्रतिशत कायम गर्दै २०२३ सम्ममा ६५ बिलियन यूएस डलर पुग्ने अनुमान छ । स्वास्थ्यलाभ र मनोरञ्जनका लागि खानामा समेत प्रयोग हुने गरी गाँजाले संसारभर कानुनी मान्यता पाउँदै गर्दा २०१७ मा ८।४ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार भएको छ भने २०२२ सम्ममा २५ प्रतिशत वृद्धि भई २५।७ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार हुने अनुमान छ । विभिन्न स्रोतका रिपोर्टहरु केलाउँदा सात वर्षभित्रै संसारमा गाँजामा कुल बजार मूल्य १ सय ९४ बिलियन यूएस डलर पुग्ने देखिन्छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सन् २०१२ मा तस्करी गरिँदैको अवस्थामा ४७ टन गाँजा बरामद गरेको थियो । एक अनुमान अनुसार हाल नेपालबाट वार्षिक लगभग २०० मिलियन यूएस डलर रिटेल मूल्यको गाँजा र ३५० मिलियन यूएस डलर रिटेल मूल्यको चरेस विश्वबजारमा प्रवेश गरिरहेको छ । एसियाबाट युरोप र अमेरिकामा तस्करी हुने ६ प्रतिशत गाँजा र चरेस नेपालकै भेटिन्छन् ।

वार्षिक कम्तीमा ५ सय ५० मिलियन यूएस डलर रिटेल मूल्यको गाँजा र चरेस चोरी निकासी हुने नेपालका उत्पादक र बिचौलियाको हातमा भने लगभग सय मिलियन यूएस डलरजति मात्र पर्ने गरेको बुझिन्छ । नेपालमा गाँजाले कानुनी मान्यता पाउँदा सुरुको वर्षमै लगभग ५ हजार मिलियन  रिटेल मूल्यको गाँजा र चरेस निकासी हुने र लगभग ३ हजार ३ सय मिलियन यूएस डलर नेपाल भित्रने छ । जुन क्रम आगामी वर्षमा लगभग ५० प्रतिशतको दरमा वृद्धि हुने अनुमान जो कोहीले लगाउन सक्छ । गाँजा, चरेस खुला हुँदाका बखत नेपालमा अवैध रुपमा भित्रिने औषधी लगभग ६० प्रतिशत नियन्त्रण हुनेछ । त्यसका कारण लगभग १ सय ८० देखि २ सय ४० मिलियन यूएस डलर बाहिर जानबाट रोकिने अनुमान छ ।

५, नेपालमा पाइने गाँजाको विशेष प्रकारको महत्त्व  

नेपालको वातावरणमा गाँजा खेती घरबाहिर जताततै हुने हुँदा विभिन्न भागमा विभिन्न मौसममा उम्रने गाँजाको गुणस्तर फरक फरक हुने पाइएको छ । नेपाली गाँजाको रैथाने प्रजाति सेटिभा र इन्डिका उच्च गुणस्तरको हुने हुँदा उच्च गुणस्तरको चरेसका लागि नेपाल संसारका गाँजाका पारखीबीच प्रख्यात छ ।

नेपालमा झुसिलो कोपिला हुने मध्यम कडा १४ देखि १७ प्रतिशतसम्म टीएचसी हुने गाँजा फल्ने गर्छ । थोरै तर बाक्लो झुस हुने नेपाली गाँजाको कोपिला लछप्पै परेको गुलियो, कागतीको बोक्रा, लेभेन्डर र सल्लोको जस्तो मिश्रित बासनादार दिने, च्यापच्याप लाग्ने रेजिनले भरिपूर्ण हुने गर्छ । गहिरो गरी सुँघ्दा यसमा थप माटो, काठ र फूलमिश्रित बासना समेत आउँछ ।

सेटिभा र इन्डिका जातको गाँजाको हाइब्रिड सिड बनाएर बनाइएको ‘रोयल मोब’ जात बजारमा निकै बिक्री भएको भेटिन्छ । उदाहरणका लागि उत्तरी क्यालिफोर्नियाको गाँजा ओजी कुशका नाममा बजारमा भेटिन्छ भने इन्डिका जातको गाँजालाई स्पेसल कुशका नाममा बिक्री गरिँदै आएको छ । नेपालमा हुने बाहिरी वातावरणमा हुर्कने उच्च सेटिभा जातको गाँजा अफ्रिका हुदै नेदरल्यान्ड्स पुगी लगभग ८८ प्रतिशत सेटिभा जातसँग मिल्दोजुल्दो हुने गरी इन्डोर खेती हुने सेटिभाको हाइब्रिड जात बन्यो ।

लगभग आधा आउटडोर र आधा इन्डोर खेती गरिएको गाँजालाई मिसाएर ‘पावर फ्लावर’ नाम दिइयो । जुन आजको सबैभन्दा प्रख्यात र उच्च माग रहेको सेटिभाको हाइब्रिड गाँजा हो । यसरी समयक्रममा नेपालको सेटिभा र इन्डिका प्रजातिको क्रस गरी संसारमा आज धेरै हाइब्रिड जातका गाँजाका बिउ बनाएर विकास गर्दै संसारले गुणस्तरीय गाँजाका नाममा कारोबार गरिएको छ । नेपालमा गाँजाले कानुनी रुप पाउदा सेटिभा र इन्डिका दुवैले विश्व बजारमा उच्च मूल्य पाउनेमा कुनै दुबिधा छैन ।

६ गाँजा प्रतिबन्ध हुँदा राज्यलाई परेका व्ययभार 

नेपालमा अवैध रुपमा भित्रिने लागुऔषधको माध्यमबाट कम्तीमा तीन सयदेखि चार सय मिलियन यूएस डलर वार्षिक रुपमा बाहिर जाने गरेको अनुमान छ । पछिल्लो तथ्यांक अनुसार झन्डै दुई लाखको हाराहारीमा रहेका दुव्र्यसनीमा ९१ हजार ५ सय ३४ व्यक्ति कडा खालको  लागुऔषधको आदतमा फसेका छन् । यो संख्या वार्षिक रुपमा ११.३६ प्रतिशतको दरले बढिरहेको छ । लागुऔषध प्रयोगकर्तामा तीन चौथाइजति २० वर्षभन्दा कम उमेरका किशोरकिशोरी छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार सन् २०१३ देखि अहिलेसम्म १९ हजार ६ सय २८ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । नेपालमा लागुऔषधका रुपमा हुने कारोबारमा गाँजा र चरेस सबैभन्दा धेरै ८७ प्रतिशत छ ।

कानुनी प्रतिबन्धका बाबजुद पनि नेपालको दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रूपन्देही, नवलपरासी, चितवन, सुर्खेत लगायतका जिल्लामा व्यावसायिक रुपमै गाँजा खेती हुँदै आएको छ ।

दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा उत्पादन हुने गरेको तथ्य भेटिएको छ । नेपाली कृषकले गाँजा खेती गर्न बीउ, मल र पैसा पेस्कीसमेत पाउने गरेका छन् । नेपालमा हुने गाँजा र चरेसमा भारतीय नागरिकको समेत लगानी भेटिन्छ ।

सन् २०१७ मा मात्र ७।७ बिलियन यूएस डलर कारोबार हुँदै गरेको विश्वको गाँजा कारोबार औसत वृद्धि ३७ प्रतिशत कायम गर्दै २०२३ सम्ममा ६५ बिलियन यूएस डलर पुग्ने अनुमान छ । स्वास्थ्यलाभ र मनोरञ्जनका लागि खानामा समेत प्रयोग हुने गरी गाँजाले संसारभर कानुनी मान्यता पाउँदै गर्दा २०१७ मा ८।४ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार भएको छ भने २०२२ सम्ममा २५ प्रतिशत वृद्धि भई २५।७ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार हुने अनुमान छ । विभिन्न स्रोतका रिपोर्टहरु केलाउँदा सात वर्षभित्रै संसारमा गाँजामा कुल बजार मूल्य १ सय ९४ बिलियन यूएस डलर पुग्ने देखिन्छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सन् २०१२ मा तस्करी गरिँदैको अवस्थामा ४७ टन गाँजा बरामद गरेको थियो । एक अनुमान अनुसार हाल नेपालबाट वार्षिक लगभग २०० मिलियन यूएस डलर रिटेल मूल्यको गाँजा र ३५० मिलियन यूएस डलर रिटेल मूल्यको चरेस विश्वबजारमा प्रवेश गरिरहेको छ । एसियाबाट युरोप र अमेरिकामा तस्करी हुने ६ प्रतिशत गाँजा र चरेस नेपालकै भेटिन्छन् ।

७, गाँजाका अन्य चाखलाग्दा पक्षहरु 

२०१४ मा उरुग्वेका राष्ट्रपति जोस मुजाकालाई उरुग्वेलाई संसारकै पहिलो गाँजाको उत्पादन र बिक्रीलाई वैध बनाउने देश बनाउन सफल बनेकोमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो। महिनावारी हुँदाको पिडा निकै धेरै हुन थाले पछि सन् १८०० महारानी भिक्टोरियालाइ गाँजाको औषधि दिइएको थियो। संसारमा सबैभन्दा पहिले मेडिकल एनेस्थेसियाको रूपमा चाइनिज सर्जनले गाँजाको प्रयोग गरेका थिए।

इन्टरनेटमा सबैभन्दा पहिले अनलाइन बेचिएको चिज पनि गाँजा नै थियो। आज बजारमा बिक्रीमा रहेका बियर तितो-टर्रो हुनुको कारण त्यसमा हालिएको होप हो। जुन गाँजा प्रजातिकै बिरुवा बाट बन्ने गर्छ। अमेरिकाका जर्ज वासिङ्टन आफैले माउन्ट भेरोनमा गाँजा लगाएका थिए जसलाई उनले पछि गाँजाको प्रजाति हेम्प भएको बताएको थिए। अमेरिकाको अलस्कामा १९७५ देखि नै घरेलु प्रयोजनमा गाँजा खानु कानुनी रूपमै स्वीकृति थियो। गाँजालाई संसारमै सबैभन्दा पहिले २०१३ मा उरुग्वेले मुलुकभर कानुनी मान्यता दिएको थियो ।

क्यानडाले २००१ देखि मेडिकल उद्देश्यको लागि गाँजा वैधानिक बनाएको थियो। मनोरञ्जन प्रयोजनमा गाँजाको प्रयोग मुलुकभर कानुनी बनाउन क्यानडा लाई १७ वर्ष लाग्यो। कानुन बनेपछि पनि व्यवहारिक रूपमा मनोरञ्जन प्रयोजनको लागि गाँजाको बजारमा उपलब्ध गराउन १ वर्ष र खानेकुरामा हाली ईडिबलका रूपमा गाँजा मिश्रित खाद्य ताता पेय बजारमा ल्याउन क्यानडालाई २ वर्ष लाग्यो।

आयुर्वेदका अनुसार समेत गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो। मानिसमा पाचन गडबडी र झाडापखाला ठिक पार्ने, डिप्रेसन, छारे रोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ। गाँजा सेवनले पुरुषमा शुक्रकीट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुणका कारण कम्तीमा ८० वटा प्राचिन आयुर्वेदिक औषधीको सूत्रमा र ८ वोटा यूनानि फर्मुलामा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्यसमेत भेटिएको छ।