सोमबार
२४ चैत
२०७६

कोरोना त्रासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बन्दै (फोटो फिचर)

आइतबार चैत २, २०७६/ Sunday 03-15-20

काठमाडौं । कोरोनाभाइरसको त्रासले मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बन्न पुगेको छ । सरकारले कोरोना प्रभावित देशबाट यात्रुलाई आउन रोक लगाएपछि विमानस्थलको अन्तर्राष्ट्रिय रनवे सुनसान बन्न पुगेको हो । विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले अहिले पनि नेपालमा उडान जारी राखेका छन् । दुई तीन दिनको भन्दा आइतबार केही पर्यटक विमानस्थलमा देखिएका थिए । तर, पहिलेको जस्तो विमानस्थलमा भीडभाड भने देखिएको छैन ।


आन्तरिक टर्मिनल भने केही भीडभाड देखिएको छ । विदेशबाट आउनेको संख्या घट्न थालेपछि ट्याक्सीहरू यात्रुका लागि घन्टौं कुरेर बस्न पुगेका छन् । विभिन्न देशले आफ्नो देशमा उडान र अवतरण बन्द गरेका छन् । नेपालले भने अहिलेसम्म विमानस्थल लकडाउन गरिसकेको छैन । भारतमा समेत दैनिक दर्जनौंको संख्यामा कोरोनाका विरामी देखिएपछि नेपाल सरकारले चाँडै महत्वपूर्ण निर्णय गर्ने भएको छ ।