बिहीबार
२७ चैत
२०७६

सरकारलाई प्रश्न, निमुखा दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरूकाे जीवन रक्षार्थ सरकारसँग के याेजना छ ?

बिहीबार चैत ६, २०७६/ Thursday 03-19-20

सरकार, तैँले "लक डाउन जुनसुकै बेला गर्न सकिन्छ" भनेपछि चैँ हाम्राे मनमा चिसाे पसेकाे छ । लक डाउन अर्थात् अनिश्चित कालकाे लागि सबै ठप्प ! जुन ठप्पकाे कुनै म्याद र सीमा छैन । राज्यलाई कर तिरिरहेर सरकारलाई चलायमान बनाईरहेकाे एक नागरिककाे हैसियतले हाम्रा केही प्रश्नहरूकाे जवाफ दे ।


१. थुप्रै निजी कार्यालयहरूले अनावश्यक खर्च कटौती गरेर भए पनि कर्मचारीलाई पाल्ने जमर्को गरिरहेको अवस्थामा जनताकाे जीवन रक्षार्थ खर्च गर्नकाे लागि सरकार तैँले कता कता कति अनावश्यक खर्च कटौती गरिरहेको छस् या गर्दैछस् ? कति धन छुट्याएकाे छस् ? त्याे सार्वजनिक गर ।

२. आम जनतालाई काेभिडबाट बचाउन के कस्ताे उपचार कार्यक्रम बनाएकाे छस् ? सार्वजनिक गर ।

३. निमुखा दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरूकाे जीवन रक्षार्थ सरकारसँग के याेजना छ ? कति बजेट बिनियाेजन गरेकाे छस् ? सार्वजनिक गर ।

४. सबै नेपालीहरूकाे लागि काेराेना परिक्षणदेखि लिएर उपचारसम्मकाे खर्चमा सरकारले के कति अनुदान या सहयाेग दिने नीति बनाएकाे छ ? किटेर भन ।

५. काेराेना संक्रमित बिरामीकाे उपचारार्थ कहाँ कहाँ क्वारेन्टाइन, अस्पतालकाे बन्दाेबस्त गरेकाे छस् ? सार्वजिनक गर ।

६. अत्यावश्यक ओखती लगायतका कुराहरूकाे जाेरजाम गर्न के के कार्य थालिएकाे छ ? विवरण पेश गर ।

७. महामारीकाे बेला र त्यसपछि अत्यावश्यक अन्न र ओखतीकाे जगेडा सरकारले कहाँ कहाँ कति कति गरेकाे छ ? विवरण दे ।

८. महामारी फैलिएका स्थानमा खटाउन सरकारसँग कति जना डक्टर तथा मेडिकल टिम छ ? सार्वजनिक गर ।

९. धेरै महिना लक डाउन भएमा ऋणमा संचालित उद्योगहरूलाई सरकारले कसरी व्यबस्थित गर्ने नीति बनाएकाे छ ? जानकारी दे ।

– विपुल सिँजापतिको फेसबुकबाट

१०. उद्योगधन्दा कलकारखाना बन्द हुँदा कम आय भएका नागरिकहरूलाई सरकारले सहुलियत दरमा खाद्यान्नकाे व्यवस्था गरेकाे छ कि छैन ? जानकारी दे ।

सरकार, तँ हामीले तिरेकाे करमा पालिएकाे नाेकर भएकाेले आम नागरिकलाई यी प्रश्नहरूकाे जवाफ यथासिघ्र दे ।