बिहीबार
२७ चैत
२०७६

पूर्व म्यान्चेस्टर युनाइटेडका खेलाडीलाई देखियो कोरोनाको संक्रमण

सोमबार चैत १०, २०७६/ Monday 03-23-20

काठमाडौं - पूर्व म्यान्चेस्टर युनाइटेड मिडफिल्डर ३२ वर्षिय मारौने फेल्लाइनेलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई कोरोनाभाइरसको संक्रमण देखिएको बारे मारौनेले नै जानकारी गराएका हुन् । 


उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुलाई कोरोना देखिएको बताएका हुन् । उनी अहिले अस्पतालको आइसोलेसनमा रहेको जनाइएको छ । उनी ११ वर्षको इङ्ग्ल्यान्ड बसाईपछि २०१९ मा चीन आएका हुन् ।