बिहीबार
२७ चैत
२०७६

एक नेपालीमा कोरोनाभाइरस देखिएपछि काठमाडौं एकाएक सुनसान (फोटोफिचर)

सोमबार चैत १०, २०७६/ Monday 03-23-20

काठमाडौं । फ्रान्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस देखिएको पुष्टि भएपछि काठमाडौं उपत्यकामा सोमबार दिउँसोबाट सुनसान बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षकी छात्रालाई कोरोनाभाइरस पोजेटिभ भएको बताएका थिए ।


नेपाल आएर होम क्वारेन्टाइनमा बसेकी उनलाई आइतबारदेखि अस्पतालमा राखेर उपचार सुरु गरिएको छ । ती नेपालीको आइतबार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

उनलाई कोरोनाभाइरस पोजेटिभ देखिएको सरकारबाटै पुष्टि भएपछि मानिसहरु सावधानी अपनाउँदै अनावश्यक हिँडडुलदेखि भेटघाटलाई बन्द गरेका छन् । केही दिनयतादेखि सचेत रहँदै आएका उपत्यकावासी सो खबरसँगै थप सावधान भएका हुन् । सरकारले पनि सावधानी अपनाउन भनेको छ । सोमबार दिउँसोदेखि मुख्य सडक पनि सुनसान प्रायः बनेका छन् ।