सोमबार
२४ चैत
२०७६

लकडाउनको पहिलो दिन काठमाडौंमा जे देखियो (फोटोफिचर)

मंगलबार चैत ११, २०७६/ Tuesday 03-24-20

काठमाडौं । सरकारले मंगलबारदेखि लागु हुने गरी एक साताका लागि लकडाउन गरेको छ । विश्वव्यापी त्रास फैलाइरहेको कोरोनाभाइरस (कोभिड १९)को संक्रमण हुन नदिन सरकारले यही चैत १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको हो ।


सरकारले लकडाउन गरेको पहिलो दिन काठमाडौंमा मानिसहरु फाट्टफुट्ट हिँडेका छन् भने सडकमा पनि केही सवारी साधन चलेका देखिन्छन् । सुरक्षाकर्मी परिचालित गरेर मानिसलाई नस्किन नदिने प्रयासका बाबजुद पनि निस्किएका छन् ।

लकडाउन मानिसको स्वास्थ्य सुरक्षाका लागि हो भन्ने नै नागरिकले नबुझेको जस्तो देखिन्छ । मुख्य बजार र सडक सुनसान देखिए पनि भित्रि सडक र बस्तीमा मानिसहरु भेला भएका र आवतजावत गरेका देखिन्छ । जसले सरकारले अपनाएको स्वास्थ्य सुरक्षाका लागि लकडाउनको उपायलाई चुनौती देखिएको छ ।