सोमबार
२४ चैत
२०७६

कोरोना : न डराऔं न हेपौँ

मंगलबार चैत ११, २०७६/ Tuesday 03-24-20

विश्वव्यापी संक्रमण यसअघि पनि भएको हो । फैलावट सुस्त थियो होला, तर सावधानीले नै ति पनि नियन्त्रित भएका हुन् । कोरोनाबाट बच्ने पहिलो शर्त नै ’सेल्फ क्वारेन्टाईन’ हो । भाइरस घर नपुर्‍ याउन  घर बाहिर नजाने नै उपाय हो । जीवन वा मृत्यु रोज्ने अप्सन आफ्नै हातमा छ । सरकार का लागि होइन आफू आफ्ना आफन्त र समाजका लागि घरै बसेर सहयोगा गराैँ । 


कोरोना भाइरस हो । यसको राष्ट्रियता छैन, न सीमा ले छेक्छ। यो मानिसकोविरुद्ध छ । राष्ट्रियता यसको न प्राप्ति हो न लक्ष्य । जब चीन कोरोनाविरुद्ध लडिरहेको थियो, त्यतिबेला युरोप, अमेरिकन संचारमाध्यमले यसलाई राजनीति ठट्टा बनाए।  डोनाल्ड ट्रम्पले त ’चाइनिज भाइरस’ भने र हाँसोमा उडाए । 

केही नेपाली संचार माध्यामले पनि यही चीनको मजाक उडाए। अब चीन सकियो भनेर पश्चिमाले खुसी देखायो । जब रोगकाविरुद्ध चीनले लडाइँ शुरु ग¥यो, अधिनायकवादको कुरा उठाए । कुटिकुटी मानिस थुनेको आरोप लगाए। रोगलाई राजनीतिकरण गरे। त्यसको नक्क्ल गर्ने नेपालमा पनि थिए। आईसोलेसन र क्वारेन्टाईनको कुरा गर्दा मानवाधिकार, स्वतन्त्रताका कुरा भए ।  उनीहरुले आफूमा त्यो भाइरस सर्ने खतरा देखेनन् । त्यो मेक्सिकोमा लगाउने भनिएको पर्खालले छेक्ने कुरा थिएन ।

पश्चिमी मुलुकले त्यसबेला चीनलाई यस महामारीकाविरुद्ध सहयोग गर्नुपर्ने थियो। रोगमा राजनीति गर्नुहुने थिएन, तर गरे । अब चीन कोरोना नियन्त्रण गर्ने अवस्थामा पुगेको छ । तर युरोप र अमेरिका चपेटमा छन् । न्यूयोर्कका मेयरले अब एक हप्तालाई मात्रै औषधि स्टक भएको बताएको समाचारमा आइरहेको छ । 

कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा संयोगले नै भनौँ भाग्यमानी हौँ ।  अन्य राष्ट्रले ठूलो विपदँंग लड्दा हामीकहाँ भर्खर २ वटा मात्र केस देखिएका छन् । एउटा गलत समाचारले हामीलाई छटपटिने बनायो, फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा आत्तिएका छौं । अब परिस्थिति र परिवेशलाई भयावह हुन नदिइ संयमका साथ आपतको सामना गर्न तत्पर हुनुको कुनै विकल्प छैन । हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ केस देखिन सक्छ । कोरोनाको उपचारका लागि आइसोलेसन वार्ड बनाउन मानिसहरुले आ–आफ्नै विद्वता प्रकट गर्दै गरेको देखिन्छ । कतिपयलाई स्कुल कलेज नै त्यसरी “यूज“ गर्ने मनसाय देखियो ।

बुहान ‘लकडाउन’गरिँदा  चीनले नयाँ अस्पताल बनायो, तर स्कुल कलेजलाई प्रयोग गरेन । चीनले गरेन तसर्थ हामीले गर्न हुन्न भन्ने आशय होइन, तर विद्यार्थीमा मानसिक, साइकोलोजिकल र भाइरस सखाप भएको प्रमाणित गर्ने मेकानिजम या ल्याब के हुने भन्ने कुरातर्फ ध्यान दिन जरुरी छ । यो अर्को गम्भीर मुद्दा हो र हल्का रूपमा लिने गल्ती गर्नुहुन्न । 

चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । केही देशमा सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ, संक्रमण डँढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन्, र सेल्फ आइसोलेसनमा बसेका छन् । तर हामी भने अरु आइसोलेसन बसेका छन कि नाइ भन्ने बुझ्न पनि घर बाहिरा निस्केका छौ, त्यसो नगराँै । आफु सुरक्षित हुँदा सरकारलाई सहयोग मिल्छ । आफु बाँच्दा अरुलाई बचाउन सकिने यो अवसर सदुपायोग गरौँ । 

कोरोना संक्रमणका केस बढे भनेपनि आत्तिनु पर्दैन, कोरोना संक्रमण पोजिटिभ केस बढ्दै जान सक्छन भनेर हामी मानसिक रुपमा तयार हुनुपर्छ, सतर्क र सजग हुनुपर्दछ, हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा मात्र हुन्छ । चीनले आईसोलेसन र होम क्वारेन्टाईनलाई प्राथमिकता दिँदा कोरोना फैलिनाबाट बच्दै छ ।

कोरोना भाईरस उडेर हामी भएको ठाँउमा आईपुग्दैन, हामी घर बाहिर पुगेर उक्त भाईरसलाई पाहुन बनाउँदै घर लगेर परिवार सखाप नपाराैँ । कोरोना संक्रमणको विषयमा धेरैले मनन गर्न नचाहेको विषय यो रोग आफैँमा अत्यन्त सशक्त ज्यानमारा रोग होइन । यो रोग लागेका ८० प्रतिशत व्यक्तिलाई आफैँ निको हुनसक्छ । २० प्रतिशतलाई औषधि र विशेष हेरचाहको जरुरी हुन्छ भने सो २० प्रतिशतमध्येको एक चौथाइसम्मलाई आईसीयूमा अक्सिजन दिनुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले साधारणतया यो रोग लागेको खण्डमा स्वस्थ र कम उमेरका व्यक्ति धेरै डराउनु पर्दैन । 

डराउनै पर्ने विषय चाहिँ एकैपल्टमा अनगिन्ती जनालाई यो भाइरस सर्नसक्छ भन्ने हो ।जुन ईटली र स्पेनको वर्तमान अवस्थाले चित्रण गरी सकेको छ ।अर्थात, यस रोगमा मृत्यु दर इबोलाकोजस्तो डरलाग्दो नभए पनि यसको फैलावट सबैभन्दा डरलाग्दो पक्ष हो । नेपालमा आज कोरोनाको संक्रमण एक व्यक्तिमा देखिएको छ, पहिलो संक्रमण देखिएको व्यक्ति निको भइसकेका छन् । तर, एक व्यक्तिमा देखिनुको मतलब तिनले धेरैजनामा सारिसकेको प्रमाण हो । आज एक जना देखिँदा एक सातामा नै यो संख्या सयौं र हजारौंमा पुग्न सक्छ । सम्भावित भयावह अवस्था आउन नदिन सबै जना घर मै बस्नु पर्छ । जिम्मेवार नागरिक बनेर सरकारले सडक खाली गरायो कि नाई, को को निस्किए भनेर लगत बिना बाहिर ननिस्कनु नै उत्तम उपाय हो । 

यहाँ दार्शनिक नोह हरारीले भनेको कुरा सम्झिन उचित ठानेको छु । उनले भनेका  थिए “हामीले महामारीको नर्कमा बस्न तत्पर हुनैपर्छ, जहाँ एकपछि अर्को प्रलयकारी संक्रमण फैलिइरहन्छन्।”हो यहाँ संक्रमण र त्रास मै संसार चलेको छ ।
कोरोना भाईरस देखिनु पहिला पनि यसरि नै संसार को ध्यान केन्द्रीत गर्ने रोगहरु न देखिएका होईनन । ति सबै नियन्त्रण मा गए का छन । यद्यपी सचेतना सधै जरुरी नै रहन्छ ।

कतिपयलाई कोरोनाले अब संसार नै सकिने डर छ । सावधानी न अपनाएमा त्यसो हुन पनि सक्छ । तर, हामी सतर्क हुँदा सुरक्षित रहिरहन सक्छाैँ ।विज्ञान सधै बरदान पनि होइन ।तर विज्ञानले धेरै नराम्रा कुरा रोकेको छ । नियन्त्रण गरेको छ । यहाँ दार्शनिक नोह हरारीले भनेको कुरा सम्झिन उचित ठानेको छु । उनले भनेका  थिए “हामीले महामारीको नर्कमा बस्न तत्पर हुनैपर्छ, जहाँ एकपछि अर्को प्रलयकारी संक्रमण फैलिइरहन्छन्।” हो यहाँ संक्रमण र त्रास मै संसार चलेको छ ।

विश्व स्वास्थ संगठनले यस अघी नै चिकुन गुन्या, कोलेरा, क्रिमिंकङ्गो हमेराजिक फिवर, ईबोला भाईरस, घोडाबाट सर्ने हेन्द्रा भाईरस, ईन्फ्लुन्जा, लस्सा फिबर, मारबग भाईरस, मेनिनिजाईटिस, मिडल ईस्ट रेस्पाईरेटोरी सिन्ड्रोम, मङ्किपक्स, निपा भाइरसा हुँदै नोभल कोरोना सम्म आईपुगिएको छ । यसअघि नै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणलाई ’विश्वव्यापी महामारी’ सङ्ज्ञा  दिइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले कोभिड(१९ कोरोना भाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठनले यस अघी नै १९ बिमारीलाई कोरोना क्याटगोरीमा राखेको छ जुन अहिले नियन्त्रण मै छन । संगठनले यस अघी संक्रामक रोगका रूपमा चिकुनगुन्या, कोलेरा, क्रीमिंकङ्गो हमेराजिक फिवर,ईबोला भाईरस,घोडा बात सर्ने हेन्द्रा भाईरस,ईन्फ्लुन्जा,लस्सा फिबर ,मारबग भाईरस,मेनिनिजाईटिस, ईस्ट रेस्पाईरेटोरी सिन्ड्रोम,मङ्किपक्स,निपा भाईरस हुँदै नोभल कोरोना सम्म आईपुगिएको छ ।

यसअघि नै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणलाई 'विश्वव्यापी महामारी' सङ्ज्ञा दिइसकेको छ। अत: हामी ले हाम्रो आदत,नाक मुख को सरसफाई, हात धुने बानि, र केहि दिन 'होम क्वारेन्टाई'मा बस्दा अन्य १९ भाइरस जस्तै यसलाई पनि कन्ट्रोलमा लिन सक्ने स्थिति आउने नै छ ।विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ। त्यसैले हामीले आफु र आफ्नो वरिपरि त्यस्त ब्यक्ती देख्दा खुलेर अस्पतालकाे सम्पर्कमा पुर्‍याउन सघाउनै पर्छ । जसले संक्रमण कम हुने छ । धैर्यता, साबधानी,सतर्कता र आत्मबल नै यसबाट बच्ने औषधि हुन । तपाईंइको जिवनको सञ्जिवनीबुटी भनेको आफूले आफैलाई क्वारेन्टाईनमा राख्नु नै हो ।