बिहीबार
२७ चैत
२०७६

कोरोनासँग लड्न लियोनेल मेसीले गरे अस्पताललाई १० लाख डलर सहयोग

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं - विश्व चर्चित खेलाडी तथा बार्सिलोनाका कप्तान लियोनेल मेसीले अस्पताललाई १० लाख डलर सहयोग गरेका छन् । उनले  बार्सिलोना शहरको एक नागरिक अस्पताललाई  १।०८ मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् । 


बार्सिलोनाको उक्त अस्पतालले लियोनेल मेस्सीले कोरोनाभाइरससँग लड्न सहयोग गरेको बताएको हो । अस्पतालले सामाजिक सञ्जाल ट्वीटरमा मेसीले उक्त रकम दिएको बताएको छ । यसअघि पनि पेप गार्डियोलाले पनि बार्सिलोना शहरमा कोरोनासँग लड्न एक कार्यक्रमलाई रकम प्रदान गरिसकेका छन् ।