सोमबार
२४ चैत
२०७६

कोरोना : रोनाल्डो र उनका एजेन्टले अस्पताललाई गरे १ मिलियन युरो सहयोग

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं - विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिश्चियानो रोनाल्डोले कोरोनाभाइरसको संक्रमणको रोकथामको लागि १०.०८ लाख अमेरिकी डलर सहयोग गरेका छन् । उनी र उनका एजेन्ट जर्ज मेन्डिसले पोर्चुगलका दुई अस्पतालका तीन आइसियू इकाइलाई १०।०८ लाख अमेरिकी डलर दिएका हुन् । 


उनीहरुले गरेको सहयोगबाट लिस्वनमा रहेको सान्टा मारिया अस्पताल र पोर्टोमा रहेको सान्टो एन्टोनियो अस्पतालमा आवश्यक सामान किन्न सकिने जनाइएको छ ।