सोमबार
२४ चैत
२०७६

 कोरोना रोकथाम कोषलाई राजपाका सांसदहरूको १५ दिनको तलब 

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले कोरोना रोकथाम तथा राहत कोषलाई आफ्नो १५ दिनको तलब सहयोग गर्ने भएका छन् । महासचिव केशव झाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि राजपाका संघीय सांसदहरूले आफ्नो १५ दिनको तलब कोरोना रोकथाम राहत कोषलाई दिने भएको जानकारी गराएका हुन् । 


उनले लेखेका छन् -  प्रिय साथीहरू , हाम्रो पार्टीको संयोजक मा. शरतसिंह भण्डारी ज्युको निर्देशन अनुसार सुचित गर्न चाहन्छु कि राजपा नेपालको संघीय संसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ।संसदीय दलको कर्मचारी र पार्टीको कर्मचारीहरु सवै सेल्फ क्वारेन्टाइनमा रहेकोले विग्यप्ती निकाल्न सकिएन यसै सूचनालाई आधार मानी समाचार संप्रेशनको निम्ति सवै संचारकर्मी साथीहरूलाई हार्दिक आग्रह गर्दछु।