सोमबार
२४ चैत
२०७६

बेलायती राजकुमार कोरोना पीडित

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं । बेलायतका ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोनाभाइरस (कोभिड १९) संक्रमण भएको छ । उनी कोरोनाभाइरस संक्रमित भएको पुष्टि क्ल्यारन्स हाउसले गरेको बीबीसीले जनाएको छ । मध्यम खालका लक्षणहरू देखिएको राजकुमार चार्ल्सको स्वास्थ्य अवस्था रहेको जानकारी दिइएको छ ।


राजकुमारकी  ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि स्वास्थ्य परीक्षण गर्दा भाइरस संक्रमण नदेखिएको बीबीसीले जनाएको छ । अहिले दुवै जना स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले जारी विज्ञप्तिमा उल्लेख छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस सरेको त्यो पत्ता लगाउन सम्भव“ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख रहेको बीबीसीले भनेको छ।