सोमबार
२४ चैत
२०७६

लकडाउनले सँगै ल्यायो ऋतिक र सुजैनलाई, २१ दिन सँगै बस्ने

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं - विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोनाभाइरसका कारण भारतमा सङ्क्रमितको संख्या बढ्दै गइरहेको छ । भारतमा कोरोनाका सङ्क्रमित बिरामीको संख्या बढ्दै गएपछि बुधवारदेखी २१ दिनसम्म लकडाउन गरिएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिनको लकडाउनको घोषणा गरेका हुन् ।


भारतभर २१ दिन लकडाउन भएपछि बलिउडका कलाकारहरु पनि घरमै बसेका छन् । यस्तै बलिउड एक्सन स्टार ऋतिक रोशन पनि कोरोनाकै कारण घरमै परिवारसँग छन् । उनको सुजैन खानसँग सम्बन्ध बिच्छेद भएपनि अहिले उनीहरु एउटै घरमा आएका छन् । यसअघि पनि आफ्ना बच्चाका लागी सँगै देखिने यी दुई कोरोनाका कारण सँगै छन् । अभिनेता ऋतिकले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै आफुहरु सँगै भएको जानकारी गराएका हुन् ।

उनले एक स्टाटस लेख्दै उनले सुजैन २१ दिन आफुहरु सँगै बस्न आएको बताएका छन् । उनले सुजैनको प्रशंसा गर्दै भनेका छन् धन्यवाद सुजैन यति सहयोगी र समझदारी भएकोमा । हाम्रा बच्चाहरूले कथा बनाउनेछन् जुन हामी उनीहरूका लागि बनाउनेछौं । म आशा गर्दछु र प्रार्थना गर्दछु कि हामी आँफै र आफ्ना प्रियजनहरूको स्वास्थ्यलाई जोगाउन, हामी सबैले खुला हृदयले प्रेम, सहानुभूति, साहस, बल व्यक्त गर्ने बाटो भेट्टाउनेछौं’ । उनले भनेका छन् लकडाउनको रूपमा संसारलाई एकसाथ भेला भएको देख्नु साँच्चिकै मनछुने समय हो ।