सोमबार
२४ चैत
२०७६

अस्ट्रेलियामा एक नेपाली मृत अवस्थामा फेला

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौ - अस्ट्रेलियामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भएका मिलन गुरुङ रहेका छन् । उनको मंगलबार बिहान अस्ट्रेलियाको सिड्नीमा मृत्यु भएको हो । 


सोमबार राति साथीभाइसँग सिड्नीको अबर्नमा रहेका मिलनको फोनको अध्ययनपछि मृत्युको कारण खुलेको जनाइएको छ । ट्रेनको लिकमा हाम्फालेर उनको ज्यान गएको शंका गरिएपनि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।