सोमबार
२४ चैत
२०७६

आफुलाई कोरोनाको संक्रमण देखिएपछि अरुको ज्यान जोगाउन नर्सले फालिन् ज्यान

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं - चीनबाट फैलिन शुरु गरेको कोरोनाभाइरसका कारण अहिले विश्व नै प्रभावित बनेको छ । कोरोनाभाइरसका कारण विश्वमा २१००० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस्तै इटालीमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । 


यसैक्रममा एक इटालियन नर्सले आफुलाई कोरोनाको संक्रमण भएको थाहा पाएपछि आफ्नो ज्यान फालेकि छिन् । आफुलाई कोरोना पोजिटिभ देखिएपछि उनले ज्यान फालेकी हुन् । 

कोरोना संक्रमण थाहा नबढोस् भनी ३४ वर्षीया डानिएला ट्रेजी नामकी ती नर्सले आफ्नो ज्यान लिएको बताइएको छ । उनी इटालीको लोम्बार्डीको एक अस्पतालमा कार्यरत रहेकी थिइन् । त्यहाँको नर्सहरुको महासंघका अनुसार उनले आफु कोरोना संक्रमण भएर अरुको ज्यान जोगाउन आफ्नो ज्यान त्यागेको बताइएको छ ।