मंगलबार
१३ जेठ
२०७७

भारतमा कोरोना फैलाउने मुस्लिम भेलामा सहभागी २० जना नेपाली को को थिए ?

मंगलबार चैत १८, २०७६/ Tuesday 03-31-20

काठमाडौं । भारतको दिल्लीमा निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी भएकाबाट कोरोनाभाइरस (कोभिड १९ ) संक्रमण फैलिएको दाबी गरिएको छ । हाल पनि मुस्लिम भेलाहरु भइरहेको बताइएको छ । 

उक्त भेलामा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । जसमा भारतीयसहित अन्य मुलुकका पनि सहभागी रहेका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । भारतीय सञ्चार माध्यम एबीपी न्यूजकाअनुुसार सो भेलामा २० नेपाली सहभागी भएका थिए । यद्यपि नेपाली सहभागीको संख्याबारे फरक फरक विवरण आएका छन् । कुनै भारतीय सञ्चार माध्यमले २० भनेका छन् कोही १९ भनेका छन् ।

करिब तीन हजार सहभागी मध्य १८ सयमा कोरोनाभाइरसको लक्षण देखिएको बताइएको छ । सो भेलामा नेपालबाट को को सहभागी भएका हुन् भन्ने केही खुलेको छैन । नेपाल सरकारले सो भेलामा सहभागी भएका नेपालीबारे जानकारी लिएर उनीहरुको अवस्थाबारे बुझ्नु पर्ने हुन्छ । 

अन्यथा भारतमा कोरोना संक्रमण फैलाएको भनिएको सो भेलामा सहभागी २० नेपालीले नेपालमा समस्या ल्याउन सक्नेतर्फ सरकार सचेत हुनुपर्ने देखिन्छ । उनीहरु नेपाल फर्के नफर्केको खुलेको छैन । नेपाल आइसकेको भए उनीहरुलाई क्वारेन्टाइनमा राखेर जोखिम कम गर्न सरकार अग्रसर हुनुपर्ने देखिन्छ । यसबारे प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता डा. प्रकाशशरण महतले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

फेसबुकमा उनले लेखेका छन्, ‘्मुस्लिम धर्मको एउटा सेक्ट तबलिगी जमातको भेला भारतको न्यू दिल्ली को निजामुदिंनमा २० नेपालीहरू सहभागी भएको खबर एबीपी न्यूजÞ मीडियाले दिएयको छ। सो भेलामा कोरोनाको प्रकोप फैलियाको खबर आएको छ। भाग लिनेहरु धेरै मरेको खबर पनि दिएको छ । यदि उनीहरू नेपाल फर्किसके वा फर्किंदै छन् त्यस्को जानकारी सरकारलाई छ छैन, छ भने क्वारेन्टाइन गर्ने काम भयों भयन जनतालाई सूचित गरोस् । आउने क्रममा छन भने नाकाबाटै अलग गरियोस् ।’