मंगलबार
१३ जेठ
२०७७

कोरोना कहर : अस्ट्रेलिया सरकारले भन्याे हामी हेर्न सक्दैनौ आफ्नो देश फर्क

शुक्रबार चैत २१, २०७६/ Friday 04-03-20

काठमाडौ । कोरोनाभाइरसको संक्रमण अस्ट्रेलियामा समेत बढ्दो हुँदै गर्दा अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले टुरिष्ट भिसा देखि विधार्थीहरुलाई आफ्नो देश फर्कन आग्रह गरेका छन् । 

प्रधानमन्त्री स्कोट मोरिसनले क्यानबेरामा भएको एक कार्यक्रम पश्चात संचारकर्मीसंग भने, "विधार्थीदेखि पर्यटकहरु जो अस्ट्रेलियामा भिसा लिएर बस्नुभएको छ, अनुकुल मिलाएर आफ्नो देश फर्किनु होला । अस्ट्रेलियामा बस्न यदि आफ्नो खर्च बेहोर्न सक्नुहुन्छ भने मात्र बस्नुहोला । कोरोनाका कारण हामी आफ्नो नागरिकलाई बढी प्राथमिकता दिनु परेकाले यो महामारीमा हामीलाई सहयोग गर्नुहोला ।"

प्रधानमन्त्री मोरिसनले भने, "सहज परिस्थितिमा पर्यटकहरु हाम्रो देश आउनु भएकोमा खुशी व्यक्त गर्दछु तर अहिले देश कोरोनाभाइरसको संक्रमणबाट गुज्रिएको बेला हामीले अहिले आफ्नो नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने हुँदा हामीलाई सहयोग गर्नुहोला ।"