मंगलबार
१३ जेठ
२०७७

कोरोनाबाट सुरक्षित नेपाल छाडेर नायक सरोज खनाल किन फर्के अमेरिका ?

आइतबार चैत २३, २०७६/ Sunday 04-05-20

काठमाडौं । अमेरिकाले विमान चार्टर्ड गरेर आफ्ना नागरिकलाई नेपालबाट लगिरहेको छ । यसक्रममा आइतबार पनि अमेरिकी विमान नेपाल आइपुगेको छ । आफ्ना नागरिकलाई लैजान विमान आएको हो ।

नेपालमा रहेका करिब एक हजार नागरिकलाई अमेरिकाले आफ्नो देश लगिसकेको छ । अभिनेता सरोज खनाल पनि अमेरिका फर्कनेमा पर्छन् । उनी आइतबार अमेरिका फर्कन लागेका हुन् । खनालले ग्रिनकार्ड पाइसकेकाले उनी अमेरिकी नागरिक हुन् ।

सरोज खनालका सबै परिवार अहिले अमेरिकामै छन् । दुई छोरामध्ये एक छोरा अमेरिकी सेनामा कार्यरत छन् । अर्को छोराले व्यापार व्यवसाय गर्दै आएका छन् । केही समयअघि मात्रै खनाल पत्नी सूर्यमाला खनाल अमेरिका गएकी थिइन् । छोराको सन्तान स्याहारसुसार गर्न सूर्यमालाले ‘आमा’ चलचित्र खेल्न छाडेर अमेरिका गएकी थिइन् ।

सरोज भने नेपालमै व्यवसायमा लागेका थिए । तर, यतिबेला अमेरिका कोरोनाभाइरसको चक्रब्यूहमा फसेको छ । आफ्नो परिवार नै अमेरिकामा रहेकाले सरोज पनि कोरोनाबाट तुलनात्मक सुरक्षित नेपाल छाडेर अमेरिका फर्केको बताइएको छ ।