मंगलबार
१३ जेठ
२०७७

अमिताभ बच्चनले एक लाख घरमा रासन उपलब्ध गराउने

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - बलिउडका सदावहार अभिनेता अमिताभ बच्चनले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबारे सामाजिक सञ्जालमार्फत सचेतना दिइरहेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने अमिताभले कोरानाभाइरसबारे पनि विभिन्न जानकारी गराइरहेका थिए । 

यसैक्रममा हालै उनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने बताएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध गराउने बताएका हुन् । उनले सहयोग गर्ने बारे सोनी पिक्चर्सले जानकारी गराएको छ । उनले देशभरका एक लाख घरमा रासन उपलब्ध गराउने बताइएको छ ।