मंगलबार
१३ जेठ
२०७७

नेपाल लाइफ इन्सुरेन्सद्वारा एक करोड सहयोग

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौँ - नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड सहयोग गरेको छ ।

नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले आज रु एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ । सो अवसरमा नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष सङ्घईले आफूहरु सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र सङ्क्रमण फैलिन नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।रासस