मंगलबार
१३ जेठ
२०७७

कोरोनाबाट मृत्यु हुनेको सख्या ७० हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ३ लाख ३६ हजार बढी (अपडेट)

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार ५ सय ३३ पुगेको छ । भने कोरोना संक्रमितको संख्या १२ लाख ८७ हजार १ सय ६८ पुगेको छ ।

त्यस्तै विश्वभरमा कोरोनाबाट संक्रमित भएका २ लाख ७१ हजार ८ सय ८७ निको भएका छन् ।  हालसम्म विश्वभरमा कोरोनाका कारण सबैभन्दा बढी इटालीमा मानिसहरुको मृत्यु भएको छ भने संक्रमित बिरामीको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ । इटालीमा हालसम्म कोरोनाका कारण १५ हजार ८ सय ८७ को मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख २८ हजार ९ सय ४८ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोनाबाट ९ हजार ६ सय २० को मृत्यु भएको छ । भने संक्रमितको संख्या ३ लाख ३६ हजार ८ सय ५१ पुगेको छ । त्यस्तै स्पेनमा पनि कोरोनाका कारण  १३ हजार ५५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ ।