मंगलबार
१३ जेठ
२०७७

फ्लोरिडा विमानस्थलमा भीषण आगलागी हुँदा ३ हजार ५ सय कार जलेर नष्ट, १८ घण्टापछि नियन्त्रणमा आयो 

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - अमेरिकाको फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार आगलागी भएको छ । विमानस्थलको घाँसेमैदानमा लागेको उक्त आगलागीले ३५ सय कार जलेका छन् । विमानस्थलमा लागेको उक्त आगलागी ६ हेक्टरभन्दा बढी जमिनमा फैलिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

शुक्रबार लागेको उक्त आगलागी नियन्त्रण हुँदा सम्म ३ हजार कार जलिसकेको जनाइएको छ । उक्त आगलागी शनिवार १८ घण्टापछि नियन्त्रणमा आएको थियो । के कारणले विमानस्थलको घाँसेमैदानमा आगलागी भयो भन्ने खुल्न सकेको छैन ।