मंगलबार
१३ जेठ
२०७७

दिल्लीको धार्मिक भेलामा सहभागी कोरोना संक्रमित नेपाली मुल्ला मोल्बी अस्पतालबाट फरार, नेपाल पसेको आशंका

मंगलबार चैत २५, २०७६/ Tuesday 04-07-20

काठमाडौं । भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपाली अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।

दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालबाट उपचारकै क्रममा फरार भएका छन् । उनी अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको छ । 

उनी अस्पतालबाट फरार भएपछि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् । अस्पतालबाट फरार भएका उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै समाचार दिइरहेका छन् । 

उनले धेरै जनाले कोरोना संक्रमण फैलिन सक्ने आंशका गरिएको छ । यसतर्फ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र अन्य अधिकारी सचेत रहनु पर्ने आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा उनको नाम र तस्बिर पोष्ट गरेर ‘देखेमा प्रहरीलाई खबर गर्नू’ भनेर उल्लेख गरिएको छ । 

उक्त भेलामा तीन हजारभन्दा बढी मुस्लिम प्रतिनिधि सहभागी भएका थिए । जसमा नेपाली २० भन्दा बढी सहभागी भएका थिए ।