मंगलबार
१३ जेठ
२०७७

अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न अध्यक्ष कोइरालाको निर्देशन

बिहीबार चैत २७, २०७६/ Thursday 04-09-20

काठमाडौं - गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीको वस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिनुभएको छ ।    
    
अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोनाभाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिनुभएको फाउण्डेशनको सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
     
पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भन्नुभएको छ, “कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या प¥र्यो भने जिपी कोइराला फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्नुहोला ।”  

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशन ओसियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।रासस