मंगलबार
१३ जेठ
२०७७

इटालियन ओलम्पिक धावकको कोरोनाको संक्रमणबाट ज्यान गयो  

बिहीबार चैत २७, २०७६/ Thursday 04-09-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण इटालियन ओलम्पिक धावक  ५६ वर्षीय साबियाको मृत्यु भएको छ । उनको कोरोनाका कारण बुधबार  इटालीको पोटेन्जास्थित सान कार्लो अस्पतालमा  मृत्यु भएको हो । 

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका साबियाको मृत्यु भएको इटालियन ओलम्पिक कमिटीले पुष्टी गरेको छ ।  साबिया दुई पटकसम्म ओलम्पिक फाइनलिस्ट भएका थिए । उनले ओलम्पिकको ८ सय मिटर दौडमा फाइनलमा पुगेका थिए ।