मंगलबार
१३ जेठ
२०७७

भारतमा कोरोनाका कारण पहिलो पटक एक डाक्टरको ज्यान गयो 

बिहीबार चैत २७, २०७६/ Thursday 04-09-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ जना पुगेको छ । 

त्यस्तै कोरोनाबाट सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित बिरामि महाराष्ट्र राज्यमा देखिएका छन् । यस्तै भारतमा कोरोनाको संक्रमणबाट एक डाक्टरको पनि मृत्यु भएको छ । भारतमा कोरोनाबाट डाक्टरको मृत्यु भएको यो पहिलो पटक हो । 
 
कोरोना संक्रमितको उपचारमा संलग्न ती डाक्टरको बिहिबार मध्य प्रदेशको इन्दौरमा मृत्यु भएको हो । डाक्टरको नै कोरोनाबाट मृत्यु भएपछि अहिले प्रदेश शोकमय भएको जनाइएको छ । भारतिय मिडियाका अनुसार उनलाइै बेहि दिन अघि मात्र कोरोनाको संक्रमण देखिएको थियो । डाक्टर शत्रुघ्न इन्दौरले इन्दौरको रुपराम नगरमा आफ्नो निजी क्लिनिक पनि चलाउने गर्थे ।