मंगलबार
१३ जेठ
२०७७

सरकारको निर्णय– शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जान दिने

बिहीबार चैत २७, २०७६/ Thursday 04-09-20

काठमाडौं । सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान  दिने निर्णय गरेको छ । लगातारको लकडाउनका कारण मानिसहरु हिँडेरै काठमाडौं छाड्न थालेपछि सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । 

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले शुक्रबार र शनिबार दुई दिन काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

चैत ११ गतेदेखि लगातार लकडाउन भएपछि काठमाडौं उपत्यकाबाट कयौं मानिस रातारात हिँडेरै उपत्यका छाड्न थालेपछि सरकार उक्त निर्णय गर्न बाध्य भएको हो ।