बिहीबार
१८ असार
२०७७

आहा ! ज्याकारण्डा फूलले काठमाडौंको सौन्दर्यता बढायो (फोटोफिचर)

मंगलबार बैशाख २३, २०७७/ Tuesday 05-05-20

काठमाडौं । मुलुक कोरोनाभाइरससँग जुधिरहेको छ । यसबाट जोगिन डेढ महिनादेखि मुलुक लकडाउनको अवस्थामा छ । गत चैत ११ गतेदेखि लकडाउन भएसँगै सार्वजनिक यातायातका साधन पूर्ण रुपमा बन्द छ भने निजीलाई पनि चलाउन रोक लगाइएको छ ।

अत्यावश्यक सवारी साधन मात्रै चलेको छ । जस कारण काठमाडौंका भद्रकाली, शहिदगेट, रत्नपार्क, घण्टाघर क्षेत्रमा ज्याकारण्डा फूलले झरेर पनि आफ्नो अस्तित्व सडकमा जोगाउन पाएको छ । सो क्षेत्रमा रुखमा फुलेका मात्रै होइन भूइँमा झरेका फूल पनि राम्रा देखिएका छन् ।

गत वर्ष पनि फुलेर झरेका बेला सवारी साधनले कुल्चिएर अस्तित्व नामेट पार्थे, तर अहिले अवस्था त्यस्तो छैन । जस कारण रुखमा फूलेका र भूइँमा झरेका ज्याकारण्डा फूलले काठमाडौंको सौन्दर्यता बढाएको छ ।