मंगलबार
१३ जेठ
२०७७

बढ्यो यूके पाउण्ड र मलेसियन रिँगिटसहित केही देशको भाउ, हेर्नुहोस् बुधबारको विनिमयदर 

बुधबार जेठ ७, २०७७/ Wednesday 05-20-20

काठमाडौँ - बुधबार यूके पाउण्ड, मलेसियन रिँगिट लगायत केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ३० पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ  १५ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ ३२ तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा  तोकिएको छ ।  आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४८ रुपैयाँ ५५ पैसा  तोकिएको छ। त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ९५ पैसा रहेको छ।