मंगलबार
१३ जेठ
२०७७

बढ्यो अमेरिकी डलरसहित अन्य देशको भाउ, हेर्नुहोस् बिहीबारको विनिमयदर 

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौँ - बिहीबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ १ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ  २१ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ ३९ तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९४ पैसा  तोकिएको छ ।  आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ रुपैयाँ ९ पैसा  तोकिएको छ। त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ।