मंगलबार
१३ जेठ
२०७७

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई मन्त्री बस्नेतले गरे १ लाख सहयोग

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं - नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शिशुको लागि सहयोग गरेका छन् । केहि दिनअघि कोरोनाभाइरसको संक्रमणबाट  धुलिखेल अस्पताल एक सुत्केरी महिलाको मृत्यु भएको थियो । 

सोहि अस्पतालमा मृतक महिलाको शिशुलाई पनि भर्ना गरिएको थियो । शुक्रबार नवजात शिशु  अस्पतालबाट डिस्चार्ज भएपछि  उनले १ लाख रुपैया हस्तान्तरण गरेका हुन् ।