मंगलबार
१३ जेठ
२०७७

नेता बोहराले भने - 'जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ'

शुक्रबार जेठ ९, २०७७/ Friday 05-22-20

काठमाडौं - राप्रपाका नेता दीपक बोहराले जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । लिभिजनको कोरोना बिर्साउने कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको बारे बोल्दै जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउनु गर्ने बताए । 

उनले भने -' हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ।जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ।जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।'