बुधबार
२४ असार
२०७७

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृत्यु हुने संख्या ७ पुग्यो

शनिबार जेठ १७, २०७७/ Saturday 05-30-20

काठमाडौं - नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिकाका ३५ वर्षका युवा रहेका छन् । उनको  दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएको हो ।  

युवकको कोरोना रिपोर्ट शनिबार पोजिटिभ आएको जनाइएको छ । उनको शनिवार विहान नै मृत्यु भएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले उनको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भको जानकारी गराएका हुन् । 

यससँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । ३५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयबाट पुष्टि हुन बाकीँ रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ सय १ पुगको छ ।