बिहीबार
१८ असार
२०७७

काठमाडौंको न्यूरोड, अनसनसहितका स्थानमा पसलहरु खुल्न थाले (फोटोफिचर)

बिहीबार जेठ २२, २०७७/ Thursday 06-04-20

काठमाडौं ।लामो समयको लकडाउनको अवज्ञा गर्दै काठमाडौंको न्युरोडमा रहेका अधिकांश पसलहरु बिहीबारदेखि खुलेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको निर्णयअनुसार बिहीबारबाट न्यूरोडका पसल खोलेको व्यवसायीहरुले बताएका छन् ।

गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन सरकारले खोल्न छाँटकाँट नदेखाएपछि उनीहरुले लकडाउनको अवज्ञा गर्दै बिहीबारबाट पसल खोलेका हुन् । सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएपछि पसल खोलेको उनीहरुको भनाइ छ ।

बिहीबार न्युरोड, असन, टेबहाल बौद्ध, चावहिल, कोटेश्वरलागयतका ठाउँका फेन्सी, ग्रोसरीसहितका पसल खुलेका हुन् । समाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल खोल्न थालिएको हो । आवश्यक सतर्कता अपनाएर पसल खोलेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजर लगाउने तथा हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।