बिहीबार
१८ असार
२०७७

पुनर्निर्माण सम्पन्न हुन लागेको रानीपोखरी हेर्नुहोस् तस्बिरमा

शुक्रबार जेठ ३०, २०७७/ Friday 06-12-20

काठमाडौं । काठमाडौंमा रहेको रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ को शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाअनुसार अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने काम भइरहेको छ ।

पानीलाई फिल्टर हुने गरी पोखरीको पिँधमा पहिलो तहमा बालुवा, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो ‘महापा’ इँटाले सोलिङ गरिने प्राधिकरणको भनाइ छ । पिँधको सोलिङ सकिएपछि भने पोखरीमा बोरिङमामार्फत पानी भर्ने कार्य गरिने छ ।