बिहीबार
१८ असार
२०७७

पोर्चुगलमा १९ बर्षीय नेपाली युवा मृत भेटिए

बिहीबार असार ११, २०७७/ Thursday 06-25-20

काठमाडौं - पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा  पोखरा बुद्धचोक स्थायी घर भएका  १९ बर्षीय नेपाली युवा सिद्धान्त गुरुङ रहेका छन् । पोर्चुगलको लिस्बोनबाट जुन १७ तारिखदेखि हराइरहेका उनी मृत अवस्थामा फेला परेका हुन् । 

उनी सोही दिन राति लिस्बनको ओरियन्त नजिक तेगस नदीमा फेला परेको जनाइएको छ । प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दा मृत्यु भइसकेको थियो । उनको मृत्यु भएको बारे परिवारलाई बुधबार जानकारी गराइएको जनाइएको छ । 

एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङका अनुसार अदालती प्रक्रिया पुरा गरेपछि उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने जनाइएको छ । उनी २ बर्षदेखि पोर्चुगलको लिस्बनमा आफ्ना बाबु आमासँग बस्दै आएका थिए ।