बिहीबार
१८ असार
२०७७

कंगना भन्छिन् - चिनियाँ सामान पूर्ण बहिष्कार गरेर मृतक सैनिकको सम्मान गरौं

सोमबार असार १५, २०७७/ Monday 06-29-20

एजेन्सी - बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनौत । पछिल्लो समय उनी आफुले दिएको अभिव्यक्तिका कारण चर्चामा छिन् । केही समयअघि अभिनेता सुशान्तको निधनको बिषयलाई लिएर बोलेको अभिव्यक्तिका कारण पनि उनी चर्चामा आएकी थिइन् । 

यस्तै हालै अभिनेत्री कंगनाले भारत र चीनबीच भएको सिमा विवादको बिषयलाई लिएर आफ्नो कुराहरु राखेकी छिन् । उनले आफ्ना सबै दर्शकलाई भारतमा आयात हुने सबै सामान बहिष्कार गर्न भनेकी छिन् । 

उनले एक भिडियो सार्वजनिक गर्दै लद्दाखमा आफ्ना २० सैनिकको ज्यान चिनियाँले लिएकोले चिनियाँ सामान पूर्ण बहिष्कार गरेर  मृतक सैनिकको सम्मान गर्नुपर्ने बताएकी छिन् । 

उनले भिडियोमा चाइनिज सामान बहिष्कार गरेर र स्वदेशी सामान प्रयोग गर्नु   राष्ट्रबाद भएको बताएकी छिन् । भिडियोमा आफुले अहिले चिनियाँ सामान प्रयोग गर्न छोडेको पनि उनले बताएकी छिन् ।