बिहीबार
१८ असार
२०७७

दुर्गेश थापाको तीज गीत बीच बिचमा-२ असार १७ गते आउदै, रेसलर खेलाडी अस्मिता जुरेलीको धमाकेदार अभिनय

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं - चर्चित गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत बजारमा आउने भएको छ । उनले गत बर्ष निकै रुचाइएको गीत बिच्च बिच्चमा को भाग २ (एउटा फोटो खिच) ल्याएका हुन् । यस गीतको भिडियो सुटिङ्ग भर्खरै सकिएको छ । 

गीतमा गायक थापाकै स्वर र शब्द रहेको बताइएको छ । गीतको भिडियोमा पनि गायक थापा, मोडल सारिका केसी, रेसलर खेलाडी अस्मिता जुरेली लगायतका कलाकारको अभिनय रहेको छ । यस गीतको भिडियो असार १७ गते रिलिज गरिने गायक थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । 

गीतको भिडियोमा शिब बिकको निर्देशन, अर्जुन तिवारीको छायांकन रहेको बताइएको छ । गायक थापाले फेसबुकमा असार १७ गते रिलिज गरिने बारे जानकारी दिदै भनेका छन् - पोहोर बिच-बिचमा प्रती तपाईले दिनुभएको अथाह मायाले वर्षभरी नै नयाँ उर्जा मिल्यो । यो वर्ष पुनः तपाइहरुकै अनुरोध र सल्लाहलाई शिरोपर गर्दै बिच बिचमा-2 (एउटा फाेटाे खिच) को shooting सम्पन्न गरेका छौ । अहिलेको समय र परिस्थितिअनुसार पैले भन्दा केही फरक स्वाद दिने प्रयास अवश्य गरेका छौ यसपटक । भिडियोमा.... को लागि सबै दिदीबैनी दाजुभाई support सबै दिदीबैनी दाजुभाईलाई धन्यवाद ????????