बिहीबार
१८ असार
२०७७

दही सेवन गर्नुका यस्ता छन् अनेकौ फाइदा, यौनशक्ति बढाउनेदेखी वजन कम गर्नेसम्म

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं - दही धेरैलाई मन पर्ने चीज हो । यसको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा गर्छ । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवन गर्ने गरेमा बिभिन्न रोगहरु लाग्नबाट पनि बचिन्छन । 

दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन पाइन्छ । दहीमा पनि भिटामिन सी पनि पाइन्छ । दही सेवन गर्दा इम्यून सिस्टमलाई दह्रो बनाउन सहयोग गर्छ जसले गर्दा रुघा खोकीमा बच्न मद्दत पुर्याउछ ।

यदि तपाइको पेटमा कुनै समस्या भएमा पनि दहीले ठिक गर्छ । अपच भएमा पनि यसमा भुटेको जिरा पिसेर त्यसमा अलिकति नुन र मरिच हालेर खाएमा ठिक हुन्छ । दही खाएमा वजन कम हुन्छ । दहीमा क्याल्सियम भरपुर हुने हुनाले शरीरको हड्डी मजबुत बनाउन पनि सहयोग पुर्याउछ । 

दहीको सेवनले यौनशक्ति पनि बढाउछ । दहीले तपाईको स्किनमा चमक ल्याउन सहयोग गर्छ । कपालमा डेण्ड्रफ़बाट छुट्कारा पाउन पनि दही प्रयोग गर्न सकिन्छ । खाली पेटमा दहीमा खाएमा बोसो कम हुन्छ । 

दहीको सेबनले शरीरमा कोलेस्ट्रोल र रक्तचाप पनि नियन्त्रण हुन्छ । दहिले मुटु बलियो बनाउन पनि सहयोग गर्छ । दहीले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँन सहयोग पुर्याउछ । टाउको दुख्ने समस्या छ भने पनि सूर्योदयअघि दहीसँग भात मुछेर खाएमा ठिक हुन्छ । यदि तपाई तनावमा हुनुहुन्छ भने पनि दही खानु राम्रो हुन्छ ।