बिहीबार
१८ असार
२०७७

लकडाउन साउन ७ सम्म थप्ने सरकारको निर्णय

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं । सरकारले आगामी साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताएका हुन् । त्यस्तै आजको बैठकले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय गरेको जनाइएको छ । 

असार १ गतेदेखि लकडाउन खुकुलो पारेपनि कोरोनाभाइरसका संक्रमित बढ्दै गएकोले लकडाउन बढाउने सरकारले निर्णय गरेको जनाइएको छ ।