बिहीबार
१८ असार
२०७७

भारतले लगायो टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

एजेन्सी - भारत सरकारले टिकटक प्रतिबन्ध लगाएको छ । भारत र चीनबीच सीमा विवादका कारण भारत सरकारले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतिय मिडियामा जनाइएको छ । 

सीमा विवादपछि भारतमा चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने ट्रेण्ड चलेको छ । भारतिय मिडियाका अनुसार भारतले ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको जनाइएको छ । लद्दाखमा केही समयअघि भारतिय र चिनियाँ सैनिकबीच भीडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।