बिहीबार
१८ असार
२०७७

चीनमा सुँगुरबाट सर्ने नयाँ भाइरस पत्ता लाग्यो, कोरोनाभन्दा पनि डरलाग्दो

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

एजेन्सी । कोरोना भाइरसको उद्भव केन्द्र चीनमा वैज्ञानिकहरूले फेरि अर्को नयाँ भाइरस पत्ता लगाएका छन् । यो भाइरस सुँगुरबाट सर्ने बताइएको छ । फलु (रुघा) जस्तै यो भाइरस कोरोना जस्तै छिटो मान्छेमा सजिलै सर्ने वैज्ञानिकहरूको भनाइ छ । यदि यो भाइरस मान्छेबाट मान्छेमा सरे कोरोना जस्तै विश्वभर महामारीको रूप लिनसक्ने वैज्ञानिकहरूले जनाएका छन् । 

‘यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ,’ अध्ययनमा संलग्न एक चिनियाँ वैज्ञानिकले भने । 

यो नयाँ भाइरसलाई वैज्ञानिकले जी४ ईए एनवानएनवान नाम दिएका छन् । तत्कालै सुँगुरलाई नियन्त्रण गरी अनुसन्धान गर्नुपर्ने उनीहरूले बताएका छन् । सुँगुर उद्योगमा काम गर्ने केही व्यक्तिमा यो भाइरस संक्रमित गरेको पाइएको छ । 

चीनमा नियन्त्रणमा आइसकेको कोरोना भाइरसको दोस्रो चरण सुरु भइसकेको छ । दिनदिनै कोरोना संक्रमण फैलिन लागेपछि चीनले भाइरस देखिएका सहरमा पुनः लकडाउन गरेको छ ।