बिहीबार
१८ असार
२०७७

छतबाट खसेर चार वर्षीय बालकको मृत्यु

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं - रुपन्देहीमा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका चार वर्षीय छोरा अजय रहेका छन् । 

बालकको सोमबार खेल्ने क्रममा घरको छतबाट खस्दा मृत्यु भएको हो । छतबाट खसेपछि बालकलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।