बिहीबार
१८ असार
२०७७

घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं - मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाले घटेको छ । सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।