बिहीबार
१८ असार
२०७७

नेपाल बङ्गलादेश बैंकले काठमाडौंमा सञ्चालनमा ल्यायो थप नयाँ शाखा

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं – ग्राहकको सुविधालाई ध्यानमा राख्दै बिभिन्न सेवा र सुविधा दिदै आएको नेपाल बङ्गलादेश बैंकले हालै आफ्नो शाखा विस्तार गरेको छ । बैंकले सोमबारदेखि  काठमाडौं जिल्लाको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको हो । 

बैंकले सोमबारदेखि नै काँडाघारीमा शाखा सञ्चालनमा ल्याएको जनाइएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले गरेका थिए । सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको अधिकृत ढुङ्गानाले बताए ।