बिहीबार
१८ असार
२०७७

स्थायी कमिटीको बैठक अघि केपी ओली किन पुगे शीतल निवास ?

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं । पार्टीको स्थायी बैठक सुरु हुनु अघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको छ  । 

सत्तारुढ नेकपा कस्थायी कमिटीको बैठक बस्नु अघि भएको राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।

पाटीभित्रैबाट प्रधानमन्त्री वा अध्यक्ष पद छाड्न ओलीलाई दबाब दिइएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् । साथै आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र मुलुकभित्रैबाट चलखेल भइरहेको प्रधानमन्त्री ओली ओलीले विवादास्पद अभिव्यक्ति दिएका थिए।