शनिबार
२४ श्रावण
२०७७

एलिना, रचना र समिक्षाको लोभलाग्दो मित्रता (फोटोफिचर)

बुधबार असार २४, २०७७/ Wednesday 07-08-20

पछिल्लो समय तीन गायिकाको चर्चा नेपाली सांगीतिक आकाशमा निकै लोभलाग्दो रहेको छ।  ती तीन गायिका हुन् एलिना चौहान, रचना रिमाल र समिक्षा अधिकारी।  तीनै जना उमेरले कच्चानै छन्।  तर उनीहरुको क्रेज र सफलता भने निकै लोभलाग्दो रहेको छ।  तीनै गायिकाका गीत एकपछि अर्को सार्वजनिक भैरहेका छन्। सार्वजनिक गीतले दर्शकको माया पनि उत्तिकै पाइरहेका छन्।  तीनै गायिका युट्युव हुदै गायनमा चम्किएका हुन् ।

 

 

 

 एलिनाका कभर गीत युट्युवमा निकै लोकप्रिय छन्।  रचना युट्युवको एक अन्तर्वार्तामा आफ्नो प्रतिभा देखाएका कारण चर्चामा आइन् भने पछि नेपाल आइडलले उनको गायन करियरको ढोका फराकिलो बनाईदियो।  समिक्षा पनि एक युट्युव च्यानलमा दिएको अन्तर्वार्ताका कारण रातारात चर्चामा आइन् र अहिले गायनमा सक्रिय रहेको छिन्।  यी तीनै गायिकाको आवाजमा रहेको एउटा तीज गीत पनि सार्वजनिक भयो।  यो गीतले पनि निकै राम्रो चर्चा बटुल्न सफल भयो।