शनिबार
२४ श्रावण
२०७७

काठमाडौंमा भीषण वर्षा, डुवानको खतरा (फाेटाेफिचर)

सोमबार श्रावण ५, २०७७/ Monday 07-20-20

काठमाडौं । सोमबार बिहानैदेखि काठमाडौंमा भीषण वर्षा भएको छ । बिहानदेखि झरी परिरहे पनि ११ बजेयता भीषण वर्षा भइरहेको छ । अविरल वर्षासँगै काठमाडौंका सडकहरूमा पानी भरिएकाले सानोतिनो खोला जस्तै बनेको छ । भीषण वर्षापछि मानिसहरू सडकमा निस्कन सकेका छैनन् । सडक प्रायः सुनसान छ ।

जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरका नदीको बहाव बढ्ने प्रक्षेपण गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडांैमा एक घन्टामात्र भीषण वर्षा भए धेरै ठाउँमा डुवान पर्ने देखिन्छ । सोमबार बिहान मात्रै काठमाडौंको कागेश्वरी मनोहरमा गएको पहिरोले एकजनाको मृत्यु भएको छ ।