शनिबार
२४ श्रावण
२०७७

लकडाउन खुलेको दोस्रो दिन : ट्राफिक जाम कोटेश्वरबाट काैशलटारसम्म पुग्यो (फोटोफिचर)

बिहीबार श्रावण ८, २०७७/ Thursday 07-23-20

काठमाडौं ।  सरकारले लकडाउन हटाएसँगै काठमाडौं उपत्यका सवारी जाम हुन थालेको छ । गत चैत ११ गतेबाट लगाएको लकडाउन साउन ६ गते मंगलबार मध्यरातिबाट हटाएसँगै काठमाडौं उपत्यकामा सवारी जाम हुन थालेको हो । 

साथै सरकारले लकडाउन हटाउने निर्णय सार्वजनिक गर्नुअघि सबै सार्वजनिक यातायात व्यवसायी संगठनहरुले साउन ८ गते बिहीबारबाट सवारी साधन सञ्चालनमा ल्याउने बताएका थिए । उनीहरुको सो निर्णय र सरकारले लकडाउन हटाएपछि बिहीबार काठमाडौं उपत्यकाका विभिन्न मुख्य चौकहरुमा सवारी साधनको चाप बढेको छ । 

यस्तै मध्येको एक कोटेश्वरको जाम पनि बढेको छ । केही दिनयता सवारी चाप व्यहोरेको कोटेश्वर, जडिबुटी क्षेत्रमा बिहीबार झनै सवारी जाम बढेको हो । बिहीबार बिहान कार्यालय समयमा कोटेश्वरको सवारी जाम भक्तपुरको कौशलटारसम्म पुगेको छ ।