शनिबार
२४ श्रावण
२०७७

युभेन्टस काग्लीअरीसँग पराजित 

बिहीबार श्रावण १५, २०७७/ Thursday 07-30-20

काठमाडौं - बुधबार राति भएको खेलमा इटालियन सिरी ए लिग विजेता युभेन्टस पराजित भएको छ । निकै रोमान्चक बनेको उक्त खेलमा  काग्लियारीले युभेन्टसलाई २–० गोलले पराजित गरेको हो । 

उक्त खेलमा काग्लियारीलाई जित दिलाउन लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरे । जितसँगै काग्लीअरीको ४५ अंक रहेको छ । तर युभेन्टस् दुई खेल अगाडि नै विजेता बन्यो ।