शनिबार
२४ श्रावण
२०७७

आज श्रावण पुत्रदा एकादशी, व्रत बसेमा अधुरा काम बन्ने 

बिहीबार श्रावण १५, २०७७/ Thursday 07-30-20

काठमाडौं - आज श्रावण पुत्रदा एकादशी ।  पुत्रदा एकादशी श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि भनिन्छ ।  भन्ने गरिन्छ । यस दिन ब्रत बसेमा पुत्र लाभ र शुख प्राप्त हुने विश्वास छ । 

पद्म पुराणका अनुसार पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत निकै राम्रो मानिन्छ । सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिएको खण्डमा फल प्राप्ति हुने विश्वास छ ।  

यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज खानुहुँदैन । यस दिन बिहानै नुहाए ब्रत बसेमा सुख प्राप्त हुने र अधुरो काम बन्ने विश्वास छ ।